arrow

मालिक, रोटीको प्रतिक्षामा

मधुशाला स्थापनाको सूचना  पचाउन सक्दिन

logo
प्रमोदहरी गुरागाँई,
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
pramodhari.jpg

बालापन
पचास पैसाको केराउ 
तीस पैसाको बरफ
बीस पैसाको तितौरा
स्वादिलो र आनन्ददायी
दैनिक वनभोज जस्तै माहौल
बिद्यालय जाँदा वा फर्किदा
अनगिन्ती गफका श्रृङ्खलाहरु
मेरो बाबा यस्तो 
मेरो घर उस्तो 
सबसे खतरा म र मेरो परिवार ।

आजभोली लाग्छ 
किन यस्तो मनोविज्ञान ?
किन यस्तो प्रोत्साहन ?
गलत छैन भने 
ठालु बन्ने संस्कार र मनोवृत्ति !
हरेक मैले भोगेको समाज !!
हरेक ममा निर्माण भएको संस्कृति !!! 

समयले कोल्टे फेर्यो
हामी जस्ताको त्यस्तै 
न कुनै रूपान्तरण 
न कुनै नवीन सोच
मात्र निरन्तरता 
ठालु बन्ने होडबाजी 
र ठालु बन्ने सपना मात्र ।

आपद छैन मलाई 
वर्षमा एकदिन आउने जन्मदिन
हैसियत अनुरुपको हर्षोल्लास
मन्दिरमा पूजा
गुम्बा, मस्जिदमा प्रार्थना 
दीयो बालेर वा
मैनबत्ति निभाएर
तर प्रश्न उठ्छ नि
नेपाल नक्शाको केक
हेलिकप्टरमा उडाएर
किन ऊत्सव चाहिन्छ ?
बिगतका भुई मान्छेहरुलाई ।

हैरान हैरान छु
अर्बौंको हेलिकप्टर 
अर्थ सूचनामा लेनदेन
करोडौंको रातो कार्पेट
लाखौंको जिमखाना
मित्र थियौ
वर्ग छलाङ्ग मार्यौ
बिन्ती छ, श्रवण शक्ति गुमाएका छैनौ भने
मालिक, भोक लागेको छ
रोटीको प्रतिक्षामा छु
मधुशाला स्थापनाको सूचना 
पचाउन सक्दिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ