कोरोना तिमी पाहुना


प्रकाशित

बिन्दु श्रेष्ठ (निराकार)

कोरोना तिमी पाहुना हो । 
संसार डुल्दै हिड्ने घुमन्ते हो ।।
कहिले कहाँ कहिले कहाँ राम्रै त हो ।
तर, किन डर र त्राश फैलाउदै हो ।।

कोरोना, तिमीले मनुवालाई राम्रो पाठ त सिकाएको हो ।
धुलो र धुवामा उड्न रमाएको मनुवालाई चेतना त दिएको हो ।।
घरमा एक, बाहिर अनेक गर्दै गर्नेलाइ थमाएकै हो ।
मै हुँ भन्नेलाइ पनि सातो त लिएकै हो ।।
 
कति रिसाउछौ कोरोना, भो अब त छ महिना नै भो ।
पाहुनाको रिस खप्न गाह्रो हुन्छ पो हो ।।
मेरा ससुरबाले भन्थे मनुवा मारे पाप रे रिस मारे धर्म हो।
खै तिमीलाई सिकाए पनि किन नसिकेको हो ।।
 
सत्य कोरोना जगतलाई यथार्थको होशमा ल्याउने तिमी ।
घर घर डुल्न त डुल्यौ ठिकै तर अपराधीको दोष किन लियौ तिमी ।।
घुमन्ते, फिरन्ते सब ठिक थियो मनुवाको ज्यानै लिने किन तिमी।
ज्यान लिने काम क्यान्सर र हृदयघातलाइ छोदिदेउ तिमी ।।
बन,
 मात्र तिमी सच्चा फिरन्ते  तिमी, बश अपराधी नबन तिमी।। 

घमण्ड होला तिमीलाइ जेल मा राख्न नसकिने भन्ने।
तर सोच यो घमन्ड त एकदिन झर्छ नै ।।
तर तिमी माथिको अपराधी दोष दुनियाँले सराप्ने त छदै नै।
भयो कोरोना अब जाऊ पुग्यो तिम्रो तमाशा ।। 

तिम्रो बहानामा आफन्त भन्नेको रुप पनि देखियो ।
तिम्रो बहानामा मायाको अर्थ पनि बुझियो ।।
तिम्रो बहानामा नेताको रुप उदाङगो भयो ।
सबै काम त गरिहाल्यो अब जाऊ, कति हेर्छौ बर्बादी,
 नबन मनुवा जस्तो कठोर तिमी ।।

Image may contain: 1 person, drawing
फोटो सौजन्य – अवेक्ष्या श्रंगोल


प्रतिक्रिया :

नयाँ