arrow

रेणु दाहालले भरतपुरमा बनाएको आइसोलेसन वार्डको हालत यस्तो, संक्रमित बसेको ठाउँ भरियो पानीले

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
renu-dahal-isolation-ward-c.jpg

चितवन। भरतपुर महानगरपालिकामा मेयर रेणु दाहालले बनाएको अस्थायी कोभीड अस्पतालको आइसोलेसन वार्ड संक्रमितहरुका लागि यातना केन्द्रको रुपमा रुपान्तरित हुँदा पनि महानगरपालिकाले कुनै चासो नदेखाएको सोहि वार्डमा रहेका संक्रमितहरुले दुखेसो गरेका छन्। 

माडी नगरपालिकाबाट ल्याइएका ६ जना कोरोना संक्रमितहरुलाई ५ दिनदेखि भरतपरको अस्थायी कोभीड अस्पतालमा राखिएको छ। यातना केन्द्र झै रहेको सो आइसोलेसन वार्डमा शौचालयबाट आएको पानी समेत भरिएको एक संक्रमितले खिचेर सार्वजनिक गरेको भिडियोमा प्रष्ट देखिएको छ। 

आइसोलेसन वार्ड भनेर राखिएको कोठामा पानीले भरिएको छ। उनले भिडियोमा नै आफूहरुलाई आइसोलेसनमा राखेको होकी सुइमिङ पुलमा राखेको भनेर भिडियोमा बोलेका छन्। 

आइसोलेसन वार्डमा राखेकै दिनदेखि वार्डको अव्यवस्थाको बारेमा बताएपनि कसैले पनि ध्यान नदिएपछि वार्डको दुरावस्था र आफूहरु कसरी बसेको छ भन्ने बाहिरका व्यक्तिले थाहा पाउन भनेर भिडियो खिचेर सार्वजनिक गरेको ति संक्रमितले बताए।

गर्मीको समयमा एउटा फ्यानको भरमा गर्मी सहेर बस्नुपरेको उनले बताए। खाना पनि निम्नस्तरको गाई बस्तुलाई दिइने कुँडो जस्तो भएको उनको गुनासो छ। 

यहि अस्थायी अस्पतालको अनियमिताको कुरा सार्वजनिक भएपछि अख्तियारले सबै कागजपत्र लगि अनुसन्धान शुरु गरेको बताएको छ। महानगरले बनाएको यहि अस्पतालको सामान रातारात चोरेको आरोपमा अहिले महानगरपालिकाकै कर्मचारीहरु बिरुद्ध प्रहरीमा उजुरी परेको छ। 

चोरीमा संलग्नहरुलाई महानगरपालिकाकै मेयरले संरक्षण दिएको आरोप पनि लागेको छ। यहि प्रकरणमा महानगरका मेयर पक्ष र उपमेयर सहितका वडाध्यक्षहरुको अर्को खेमाबीच विवाद बढ्दै जाँदा मेयरलाई अर्को खेमाले बहिष्कार गर्दै आएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ