- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अहिले विश्वका मिडियामै अमेरिकामा रङ्गभेदी व्यवहार र हत्याको निहुँमा सल्किएको आन्दोलनको चर्चा छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पुर्ब राष्ट्रपति बाराक ओबामा, उनको दल र कम्युनिस्ट पार्टीले यो हिंसा भडकाएको आरोप लगाएका छन् । अमेरिकापछिको बिश्वको दोस्रो महाशक्ति राष्ट्र चीन पनि हङकङ आन्दोलन र दक्षिण चीन सागरमा अमेरिका सहित छिमेकी राष्ट्रले आफ्नो सिमामा चलखेल गरेको आरोप प्रत्यारोपमा ब्यस्त छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनबाट नियोजित रुपमा उत्पन्न भाईरस भएको बताउदै प्रमाणित भए बिश्वलाई चीन विरुद्ध आक्रमण गर्न एक हुन आव्हान गरेका छन्। यद्यपि चीनले यी सबै आरोप निराधार भएको बताउदै डब्लुएचओलाई निष्पक्ष जाच गर्न दिन आफू तयार भएको बताएपनि छानबिन भएको देखिन्न ।
बिश्वमा ईरान, युरोपेली, अफ्रिकी राष्ट्र सहित अफगानिस्तान अनि दर्जनौंमा गृह युद्ध र बाहिरी युद्धले तेस्रो बिश्व युद्धलाई उक्साई रहेको देखिन्छ । लामो समयदेखि भारत र पाकिस्तानबिच तनावग्रस्त सार्क क्षेत्रमा गत बर्ष भुटानको जमिनको मुद्दामा चीन र भारत बिच विकसित युद्धको स्थितिलाई चिनिया राष्ट्रपति सि जिनपिङ्ग र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको सुझबुझ र दुरदर्शिताले रोकिएको थियो । तर अहिले बिवादित भुटानी भुमीको सयौं बर्ग किलोमिटर पर लद्दाक सिमानामा भारत र चीनका सैनिकहरुको मृत्युको खबरले मङ्गलबार एसिया मात्र नभई पुरा विश्व चिन्तामा देखियो।
भारत र पाकिस्तानबिच बिभाजनदेखि नै पटकपटक युद्ध भएको र अहिले पनि काश्मीर लगायत सिमानामा दिनहुँ रकेट, गोली हानाहान भइ नै रहेको छ । काश्मिर र भारतमा दिनपिच्छे पाकिस्तानबाट घुसपैठ गरेकाहरुले आतंकवादी हमला र भिडन्त गरिरहेका छन्।
भारतमा कोरोना संक्रमीत ३ लाख नाघेको अनि ११ हजार नागरिकको मृत्यु भएको भयावह अवस्थाका बिच भारत चीनसंगको तनाव उत्कर्षमा पुगेको छ । लद्दाक सिमामा कार्यरत सैनिकहरु बिच उत्पन्न बिवाद बढ्दा बन्दुकको प्रयोग नगरी हानाहान मै २० भारतीय सैनिकको दुखद मृत्यु भएको छ। चीनतर्फ पनि ३५ भन्दा बढी चिनियाँ सेना मारिएको अमेरिकी गुप्तचर निकाय सीआइएलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाएका छन्।
ईतिहास पल्टाएर हेर्दा सन् १९६० मा चिनियाँ प्रधानमन्त्री चाउ एन लाई भारत आएर १ हप्ता बसेर बिवादित सिमामा दाबी छोडन भारतलाई आग्रह गरेका थिए । राष्ट्रिय राजनीतिमा प्रतिपक्षी र स्वतन्त्रता आन्दोलनका अगुवाको चीन बिरोधि घेराबन्दीका बिच नेहरुले सो प्रस्ताव अस्विकृत गरेपछि कुनै सहमति नभएको सयुक्त बक्तब्य निकालिएको थियो । दुई देशबिच युद्ध रोक्न नेहरुले नै भारतको तर्फबाट चीनलाई सयुक्त राष्ट्र संघको सदस्यताको लागि प्रस्ताव गरेका थिए । भारतमा हिन्दी चिनी भाई भाईको नारा समेत चलाएर सिमा बिवाद युद्ध रोक्ने भरमग्दुर प्रयास गरियो । तर सिमानामा चीनको दाबीले बिवाद तीब्र रुपले बढदा स्थिति सुध्रिनुको सट्टा झन बिग्रदै गयो । चीनभित्र पनि आफ्नो जग्गा भारतले कब्जा गरेको हुनाले फिर्ता लिन युद्धको दबाब बढिरहेको बेला नेहरु युद्धको पक्षमा थिएनन् । नेहरुले बुझेका थिए बेलायतबाट स्वतन्त्र भएको १५ बर्ष पुग्न लागेको भारतसंग न आधुनिक हतियार थियो न अत्याधिक प्रशिक्षित सेना । यसैबिच २० अक्टोबर सन् १९६२ मा चीनले भारतमाथी आक्रमण गर्यो । नेहरुको राष्ट्रको नाममा सम्बोधन आउँदा बल्ल बिश्वले भारत युद्धको हरेक मोर्चामा पराजित हुँदै गएको थाहा पायो । भारतलाई लेखटदै बर्ष दिन युद्ध चल्ने अनुमानका बेला चीनले अचानक युद्ध बिराम गर्यो । युद्धमा चीनले भारतको ४२,७३५ वर्ग किलोमिटर कब्जा गरेयो जुन अहिलेको राजधानी दिल्ली जस्ता २८ राज्य निर्माण हुनसक्ने जमिन हो।
सन् १९६२ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र चिनियाँ राष्ट्रपति माओत्सेतुङको पालामा भएको भीषण युद्ध र युद्धविरामको ५८ बर्षपछि सोमबार घटित यो दुखद घटनामा चीनतर्फ पनि धेरै घाईते र मृत्यु भएपनि चीन सरकारद्वारा आधिकारिक रुपमा मृतक र घाईतेको संख्या खुलाईएको छैन । भारतले बिवादित सिमा र आफ्नो क्षेत्रमा सडक, सुरक्षा पोष्ट निर्माणकार्य गरेको अनि केन्द्र शासित क्षेत्र बनाईएको क्रुद्ध चीन र भारतबिच पछिल्लो महिनादेखी नै तनाव बढीरहेको थियो।
यसैबिच सन् २०२० को १५ र १६ जुनमा गलवान घाटिमा दुबै पक्षका सैनिकहरुबिच ढुङ्गा, ब्लाडर, किल्ला जोडिएको लठ्ठीले झडप भएको छ। गलवान घाटिको स्योक नदीको किनारा क्षेत्रमा ३ घण्टाको झडपबाट भएको सैनिकहरुको मृत्युको लागि चीनको बिदेश मन्त्रालयले भारतीय पक्षबाट सीमा उल्लंघन भएको आरोप लगाएका छ्न । उता भारतले गस्तीमा रहेका भारतीय सेनामाथि चीनको तेब्बर सैनिकले वार्ताकै क्रममा धोका दिएर आक्रमण गरेको दाबी गरेका छन्। अहिले दुबैतर्फबाट सैनिक र युद्ध टैकंहरुको संख्या बढाईएको र सुरक्षा वैठ्कहरु तिब्र गतिमा भैरहेको सन्दर्भमा चीन भारत झडपको स्वतन्त्र छानबिन र सयुक्त आधिकारिक धारण सार्वजनिक नभएसम्म सत्य यो नै भन्न नमिल्ने अवस्था छ ।
कोरोना संकट र लक डाउनले उत्पन्न आर्थिक मन्दीका बिच बिश्वकै दुई महाशक्ती छिमेकी राष्ट्र बिच बढ्दो तनाव र रक्तपातले दक्षिण एशियामा युद्धको कालो बादल मडारिएको छ । यो अवस्थामा हामी नेपाल सहित साना सार्क राष्ट्र सदस्यहरुले शान्तिदुत र मद्य्यस्तकर्ता भइ वार्ता र सहमतिको भुमिका खेल्नुपर्छ । युद्ध र हिंसाले जहिल्यै पनि सम्पुर्ण प्राणिजगतकै बिनास गर्ने बुझेर चक्रवर्ती सम्राट अशोकले पनि गौतम बुद्धको शान्ति मार्ग र विचारको शरणमा आई युद्ध त्यागेका थिए। नेपाली सबैखाले युद्धको बिपक्षमा रहदै विश्व शान्तिको मार्गमा अडिग रहनुपर्छ । नेपालको भारत र चीनसंग भएको अन्य मतभेदका मुद्दालाई यो युद्धको भुमरीमा जोडेर बर्तमान स्थितिलाई सञ्चारमाद्य्यम र सामाजिक संजालमा हल्का ढङ्गले टिप्पणी र बिषवमन नगर्न बुद्धिजिविहरु अझ बढी संबेदनशिल र जिम्मेवार हुन आवश्यक छ।