arrow

आफूसँगै नेपाललाई पनि भारतसँग भिडाउने चीनको रणनीति, सरकार प्रतिक्रिया विहिन

भारत बिरुद्ध नेपाल, पाकिस्तान र चीनको त्रिदेशीय सैन्य गठवन्धन बनाउने चीनको संकेत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ५ शुक्रबार
nepal-stands-with-china.jpg

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको जुन १८ को एक समाचारमा भारत बिरुद्ध नेपाल, पाकिस्तान र चीनको त्रिदेशीय सैन्य गठवन्धनको संकेत गरेको छ।

समाचारसँगै उसले आफ्नो ट्वीटर ह्यान्डलबाट भारत एकैपटक चीन, पाकिस्तान र नेपालसँग सीमा विवादमा अल्झिएको जनाउँदै भारतले तनाव बढाएको खण्डमा उसले दुई वा तीनै तिरबाट सैन्य दवाव झेल्नु पर्ने चेतावनी दिएको हो। 

चीनको सरकारी मुखपत्र समेत रहेको ग्लोवल टाइम्सको सो समाचारमा भारतलाई सीमामा तनाव नबढाउन चेतावनी दिइएको छ। सो पत्रिकाले सो चेतावनी दिइरहँदा भारत विरुद्धको सैन्य गठवन्धनमा नेपाल खडा हुने जनाएको हो। 

चिनियाँ सरकारको मुखपत्रमा आएको सो समाचारबारेमा सरकारले कुनै प्रतिक्रिया जनाएको छैन। नेपाल र भारतबीच सीमामा विवाद भइरहँदा नेपालले भारत बिरुद्ध सैन्य मोर्चा खोल्न सक्ने आशयका साथ आएको चीनको सो टिप्पणीका बारेमा नेपाल सरकारले आफ्ना देशका नागरिकलाई केहि बताएको छैन। हामी भारतसँग युद्धको अवस्थामा पुगेको हो वा होइन केहि नभनी अर्को छिमेकी देशले सैन्य मोर्चा खोल्ने कुरा निकै गम्भिर रहेको सैन्य मामिलाका जानकारहरु समेत बताउँछन्। 

के नेपाल भारत बिरुद्ध युद्धको अवस्थामा पुगेको हो ? के अब नेपाल भारत सीमा विवादको समाधानका सबै बाटो बन्द भइ सैन्य समाधान नै अन्तिम उपाय रहेको हो ? यसको जवाफ नेपालले दिनुपर्नेमा छिमेकी चीनले आफ्नो पत्रिका मार्फत दिएको छ।

कुटनीति क्षेत्रका जानकारहरु चीनको रणनीति नेपाललाई भारतसँग भिडाउने खालको देखिएको बताउँछन्। भारतसँगको सीमा विवाद दुई देशबीच कुटनैतिक तथा राजनैतिक रुपमा हल गर्ने विषय हो। यसलाई कुटनैतिक तथा राजनैतिक तहबाट हल गर्ने प्रयास हुनुअघी नै अर्को छिमेकी चीनले सैन्य कार्वाहीबाट समाधान खोज्न नेपाललाई उक्साउने कार्य उचित नभएको टिप्पणी नेपाल भित्र पनि भएको छ। 

अन्तराष्ट्रिय मामिलामा चासो राख्ने विशाल कुमार भण्डारीले नेपाल र भारतबीच सीमाको तनाव र विवाद हुनुको अर्थ नेपाल चीनको पक्षमा उभिन नसक्ने बताउँछन्। उनले नेपालको परराष्ट्र नीति अझै पनि असंलग्न परराष्ट्र नीति अन्तर्गत निर्देशित रहेको बनाउँदै कुनै देशको पक्षमा उभिएर दोस्रो देश बिरुद्ध सैन्य कार्वाहीमा नेपाल भाग लिन नसक्ने बताए। 

पछिल्लो दिनमा नेपालको आन्तरिक राजनीतिको शुक्ष्म व्यवस्थापनमा पनि चीनको संलग्नता बढ्दै गएको देख्नेहरुले ग्लोबल टाइम्सको सो टिप्पणी नेपालको परराष्ट्र नीति चीनको इसारामा चल्न लागेको त संकेत होइन भन्ने प्रश्न समेत गरेका छन्। तर यस बारेमा सरकारको मौनताले धेरै संकेत भने गरेको छ।

भारतीय मिडिया तथा विश्लेकहरुले चीनले उक्साहटमा नेपाल लागेको पटक पटक आरोप लगाइरहँदा ग्लोबल टाइम्सको यो टिप्पणीले सो आरोपलाई कहि न कहि पुष्टी गरेको कतिपयले टिप्पणी गरेका छन्। चिनियाँ सरकारी मुखपत्रमा यो समाचार टिपणी आउँदा समेत गर्दा सरकारको औपचारीक धारणा भने आएको छैन।      

नेपाल र भारतबीच तनाव बढ्दै जाँदा दुबै देशबीचको सदियौंदेखिको सम्वन्धमा ठूलो असर पर्ने जानकारहरु बताउँछन्। राजनीतिक भन्दा पनि सांस्कृतिक र जनस्तरको सम्वन्धले दुई देशबीचको सम्वन्धलाई अझ बलियो बनाएको जानकारहरु बताउँछन्। दुई देशबीच तनाव बढ्दै गए यि सम्वन्धहरुमा पनि कटुता उत्पन्न हुनसक्ने कुरालाई नकार्न सकिदैन। सीमामा रहेका दुबै देशका नागरिकहरुबीच पारिवारिक नाता सम्वन्ध भएका कारण पनि नेपाल भारत सम्वन्ध विशिष्ट किसिमको छ। दुई देशको सम्वन्धमा तलमाथि भएको अवस्थामा यो सम्वन्धमा पनि गम्भिर असर पर्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ