arrow

दाहालले ओलीलाई सोधे, ‘राष्ट्रपतिलाई कसले लगाउन लागेको रहेछ महाभियोग ?’

नेकपाका नेताहरुबीच सोमबार फेरि भेट्ने सहमति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २१ आइतबार
kp-prachanda-mask.gif

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि भेट्ने सहमति भएको छ। नेकपा भित्रको गतिरोध अन्त्यका लागि पटक पटक वैठकमा जुट्दै आएका दुई अध्यक्षहरुबीच उल्लेख्य सहमति हुन नसकेपछि सोमबार फेरि भेट्ने सहमति गरेर छुट्टिएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन। आफू निकट दुई दुई जना नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबार फेरि बस्ने सहमति मात्र गरेका छन्। छलफलमा पूर्व एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोख्रेल र पूर्व माओवादीका वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए।

सोमबार बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवै अध्यक्ष एक्ला एक्लै बस्ने सहमति गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले हाम्राकुरालाई बताए। दुवै नेताबीच विवादित विषयमा छलफल भएपनि निष्कर्ष ननिस्किएको उनले बताए।

राष्ट्रपतिलाई आइतवार साँझ भेटेर आएपछि मन्त्रीमण्डलका सदस्यहरुसँग कुरा राख्ने क्रममा राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्रको प्रमाण आफूसँग रहेको बारेमा प्रधानमन्त्री ओलीले भनेको बिषयमा पनि दुई अध्यक्षबीच कुराकानी भएको थियो । 

आफूले चर्चा नै नगरेको तथा तयारी पनि नरहेको विषयमा कसरी कुरा आयो भनेर प्रधानमन्त्री ओलीसँग दाहालले जानकारी मागेका थिए। पार्टी भित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको नेकपाका एक नेताले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ