arrow

उपचार गर्न अस्पताल घुमाउँदा घुमाउँदै बीरगंजमा गयो ३ जनाको ज्यान, अस्पतालले मानेनन् उपचार गर्न

स्थानिय प्रशासनको आदेशलाई अस्पतालका संचालकहरुले फालिदिए रद्धीको टोकरीमा

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ साउन २४ शनिबार
three-death-in-three-days-b.jpg

बीरगंज । वीरगंजमा सञ्चालित नीजि अस्पतालहरुले स्थानीय प्रशासनको आदेशलाई धज्जी उडाउँदै नागरिकको जीवनसंग खेलवाड गर्दा तीन दिन भित्र तीन जनाले ज्यान गुमाउनु परेको छ । 

सामान्य रुघाखोकी, ज्वरो, दम फुल्ने रोगका बिरामीहरुलाई नीजि अस्पतालले उपचार नगरी ढोकैबाट पठाइदिने गरेको गुनासो पुगेपछि जिल्ला प्रशासन कार्यालय पर्साले साउन २२ गते चेकजाँच तथा उपचार सम्बन्धमा निजी अस्पतालहरुलाई नागरिकहरुको उपचारमा लापरवाही नगर्न आदेश जारी गरेपनि सो पत्रलाई अस्पतालका सञ्चालकहरुले रद्धीको टोकरीमा मिल्काई दिएका छन् ।

वीरगंज महानगरपालिका वडा नं. ११ बस्ने ६४ वर्षीय चलितर महतोको साउन २१ गते राती दिसाबाट रगत आएको थियो । साउन २२ गते उपचारको लागि नेशनल मेडिकल कलेजमा लग्दा अस्पतालले भर्ना गर्न मानेन । चलितर महतोको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएको पुर्जी देखाउँदा पनि अस्पताल प्रशासनले भर्ना लिएन । पछि उनका आफन्तजनले तराई अस्पतालमा ल्याउँदा ल्याउँदै उनको मृत्यु भयो । 

वीरगंज महानगरपालिका वडा नं. २ बस्ने २० वर्षीय विष्णु लामालाई थाइराइडको समस्या थियो । शुक्रबार साउन २३ गते हल्का ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिएपछि एडभान्स अस्पतालमा भर्नाको लागि लगियो तर अस्पतालले भर्ना लिन मानेन । लामाको छिमेकी तथा उपभोक्ता हित संरक्षण मञ्च वीरगंजका अध्यक्ष अजित भुजेलका अनुसार नारायणी अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, भवानी हस्पिटल, तराई होस्पिटल, वयोधा होस्पिटल, वीरगंज हेल्थ केयर, गण्डक अस्पताल सबैतिर ई–रिक्सामा बिरामी विष्णु लामालाई राखेर घुमाउँदा घुमाउँदै प्राण त्यागिन । 

शुक्रबार राती १० बजे शुरु भएको अस्पतालहरुको यात्रा गण्डक अस्पतालमा गएर १२ बजे राती टुंगियो । यस बीचमा विष्णुका आफन्त रुपेश सिंहले राज्यको जिम्मेवार निकायमा बसेका सबैलाई फोन गरे तर कतैबाट सहयोग पाएनन् । जसपाका नेता तबरेज अह्मदको प्रयासले अन्तिम समयमा गण्डक कोभिड अस्पतालमा ल्याएर हेर्ने काम भयो । त्यस बखत विष्णुले प्राण त्यागी सकेकी थिइन् । 

यसैगरी शनिबार विहानदेखि वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई बस्ने वर्ष ६५ को शारदा देवीले पनि उपचार नपाई मुत्युवरण गर्नु परेको छ । उनलाई उपचारको लागि सांसद प्रदिप यादव, प्रजिअ विष्णु कुमार कार्की, रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहले निजी अस्पतालमा भर्ना गराउन भरमग्दुर प्रयत्न गरेपनि हुन सकेन । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक महम्मद बसरुद्दीनलाई प्रजिअ कार्कीले टेलिफोन गरेर भन्दा पनि नमानेपछि शारदा देवीका आफन्तहरुले नारायणी अस्पतालमा उपचारको लागि लग्दालग्दै उनको निधन भयो । 

मेडिकल संचालकहरुको अगाडी पर्साका प्रहरी प्रशासन निरिह बनेको देख्दा सबैले आश्चर्य व्यक्त गरेका छन् । जिल्ला संकट व्यवस्थापन समिति पर्साले नेशनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउने निर्णय गरेर केन्द्रमा अनुमादनको निम्ति पठाएको भएतापनि प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई प्रयोग गरेर कुनै हालतमा निर्णय हुन नदिने नेशनल मेडिकलका सञ्चालकले आफ्ना माातहतका कर्मचारीहरुलाई बताएको छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ