arrow

‘डोपिङ’ प्रकरण : दर्जनौँ खेलाडी ओलम्पिक खेलमा सहभागी हुन नपाउनेः आइओसी अध्यक्ष

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
thomas-wak.jpg.jpeg
पेरिस। सन् २०१६ मा हुने रियो ओलम्पिक खेलमा खेलाडीका लागि प्रतिबन्धित औषधि प्रयोग गर्ने दर्जनौं प्रतिस्पर्धी ‘डोपिङ टेस्ट’ बाट प्रतिस्पर्धामा सहभागी हुनबाट बञ्चित हुनसक्ने अन्तरराष्ट्रिय ओलम्पिक समिति (आइओसी) अध्यक्ष थोमस बाकले बुधबार बताएका छन् । 
 
आइओसीले सन् २००८ मा बेइजिङ्मा चीनको र सन् २०१२ मा बेलायतको लण्डनमा भएको ओलम्पिक खेलका क्रममा परीक्षणका लागि लिएका नमूनालाई पछिल्लो वैज्ञानिक प्रविधिको प्रयोग गरी पुनःपरीक्षण गर्ने भएकोले यसबाट दर्जनौँ खेलाडी रियो ओलम्पिकमा सहभागी हुनबाट बञ्चित हुनसक्ने बाकले फ्रन्सेली एक दैनिक पत्रिका ले मोँडेसँगको कुराकानीमा बताएका हुन् । 
 
आइओसीको पुराना नमूनाको पुनःपरीक्षण गर्ने निर्णयबाट सम्भवत निषेधित औषधिको प्रयोग गरेको दर्जनौँ खेलाडीलाई प्रतिस्पर्धामा सहभागी गराउन सम्भव हुने छैन, बाकले भने । पछिल्लो नीतिले विभिन्न १२ मुलुकका कम्तिमा ३१ खेलाडीलाई रियो ओलम्पिकमा सहभागिता जनाउन रोक लगाउन सक्ने आइओसीले जनाएको छ । 
 
नमूनाको पुनःपरीक्षण विश्व प्रचलित ख्यातीप्राप्त खेलकुद संस्थाले नयाँ मापदण्डअनुसार गराउने आइओसीले जनाएको छ । यो पछिल्लो निर्णय रसियालगायतका कतिपय मुलुकका निषेधित औषधिको प्रयोग गर्दैआएको खेलाडी प्रतिस्पर्धामा सामेल गराउन रोकावट गर्नेछ । आइओसीले निषेधित औषधि प्रयोग शुन्य शहनशीतालाई लागू गर्ने नीति लिएको बाकले फ्रान्सेली पत्रिकासँगको कुराकानीमा बताए । 
 
उनीहरुलाई बेइजिङमा सङ्कलन गरिएको ४५४ नमूनाबाट खेल जित्ने उद्देश्यलेले डपिङ गरेको पुष्टि गरेको हो । बेइजिङ र लण्डनमा भएको दुई ओलम्पिकमा करिव चार हजार खेलाडीबाट डपिङ टेष्टका लागि नमूना लिइएको थियो । सन् २०१२ को लण्डन ओलम्पिकमा यि मध्ये २५० नमूनाको पुनःपरीक्षण गरिएको थियो ।
 
 आइओसी बोर्डले वल्र्ड एन्टी डपिङ एजेन्सी (डब्लुएडीए) ले रसियाको डपिङसम्बन्धि गोप्य सेवा र खेलकुद मन्त्रालयको सन् २०१४ मा सोचीमा विन्टर (हिउँदे) ओलम्पिकका नाश गर्न योग्य परीक्षण परिक्षण नतिजामाथि पूर्ण छानविन गर्न पनि आग्रह गरेको छ । 
 
सोची ल्यावमा गरिएको परीक्षण यदि अनुसन्धानबाट ओरोप लगाइएअनुसार साँचो ठहरिएमा यो बहुतै चिन्ताजन्य नतिजा हुनेछ । आरोप साँचो ठहरिएमा खेल जगतमा अपराधका गतिविधिलाई सहन नसकिने तहमा पुर्‍याएको निष्कर्षमा पुगिने छ । 
 
यसैबीच आइओसीले आफ्नो लोजाजस्थित ल्यावलाई सोचीका नमूनालाई अत्याधुनिक एवम् पछिल्लो प्रविधिको प्रयोग गरी पुनःपरीक्षण गर्न निर्देशन दिएको छ । 
 
सोचीका नमूनालाई १० वर्ष सुरक्षित राख्ने गरी भण्डारण गरिएको छ । अन्तरराष्ट्रिय समुदायबाट आएका आरोपको रसियाले कडारुपमा प्रतिकार गर्दै आएको छ । बाकले रसिया लगायतका मुलुकलार्ई अनुसन्धानमा पूर्णसहयोग गर्न आग्रह गरेका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ