- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भन्ने गरिन्छ, नीतिहरु मध्येको सर्वोकृष्ट नीति नै राजनीति हो । राजनीतिबाट नै सामाजिक रुपान्तरणको सम्भव र बिकासको विश्वासको आधारशिलाको जग निर्माण हुन्छ । आधुनिक युगको शुरुवातसँगै विश्व समाजले अनेकौ राजनीति परिवर्तनको नयाँ नयाँ आभास गरिरहयो । कहिले वर्ग शत्रु, कहिले भुगोल र सिमा, कहिले लैंगिक अधिकारको नाममा त कहिले जात जाती र रड्ग बिभेदको नाममा त, कहिले समानता, असमानता बिभेदको नाममा भएका क्रान्ति र आन्दोलनले समाजको संरचनाको रुप रंग, प्रकृति फेरिरहयो ।
यो समय सापेक्ष परिवर्तनसँगै समाजको तत्कालिन आवश्यकता, त्यही सामाजिक बनोटमा भएको सोचको ढाँचा अनुरुपको बनोटमा रुपान्तरित राजनीतिक र सामाजिक बिचारमा समाज परिमार्जित हुँदै गए । यही विश्व आन्दोलनको प्रभाब र आयतनमा नेपाल र हाम्रो नेपाली समाज पनि अछुतो रहेन ।
बिगतलाई अध्ययन गर्दा नेपालले पनि सामाजिक परिवर्तनमा, राज्य र जनता बिचको बिभेदको असहमतिको लडाई, शिक्षा र स्वास्थ्यमा आम जनताको पहुँचको आवश्यकताको लडाई, भुमि माथीको एकाधिकारको लडाईमा विर्ता उन्मुलन र जोत्ने अधिकारको लडाई, जात जाती छुवाछुतको र लैंगिक बिभेदको लडाईमा कानुनी अधिकारको लडाई, वाक स्वतन्त्रता र नागरिक अधिकारको लागी पटक पटक प्रजातन्त्र प्राप्तिको लडाईबाट आजको मौलिक लोकतान्त्रिक ब्यवस्था उपलब्धीको रुपमा स्थापित भएको छ ।
तर पनि नेपालमा २००७ सालको राजनितिक परिर्वतन पछि स्थापित भएको बिकास र समाजको अबधारणा प्रतिपादन गर्दै, बीपी कोईरालाको नेतृत्वकालमा नेपाली कांग्रेसले २०१२ सालमा प्रजातान्त्रिक समाजबादको अबधारणा एजेन्डाको रुपमा स्थापित गराएको थियो । साथै २०१५ सालको निर्वाचित सरकारले समाजबादी कार्यक्रमको रुपमा केही आशालाग्दा र जनमासले अनुभुति गर्ने काम पनि गरेको थियो । तत्कालिन सरकारको छोटो समयका बाबजुत गरिएको प्रयासले नेपाली समाजको आजको चारित्रीक अबस्थामा अझै पनि समाजबादलाई आवश्यकता महशुस गराउँदै नेपालका राजनीतिक पार्टीले सपना बाँडिरहेका छन् । त्यसैले हरेक पार्टी अनेक उपसर्ग जोडी आफुलाई समाजबादी साबित गर्न लालायित छन् ।
नेपाली कांग्रेस पार्टीको बिधानमा पनि राष्ट्रियता, लोकतन्त्र र समाजबादको आदर्श र सिद्धान्तमा अडिएर न्यायपूर्ण र गतिशिल समाजको निर्माणको लक्ष्य निर्धारण गरेको छ, तर पनि लोकतन्त्र र राष्ट्रियतामा जति कांग्रेस स्पष्ट देखिन्छ त्यति नै समाजबादको ब्याख्या गर्न सकिरहेको छैन की ?
अहिले आएर नेपाली राजनीतिको समिक्षा गर्दैगर्दा लोकतन्त्र र समाजबादमा सबैको लक्ष्य र गन्तब्य कोरिएको छ । सबैले आफ्ना आफ्ना शब्दावली र उपसर्ग लगाएर परिभाषित गरेर नेपाली राजनीतिलाई आफ्नो बागडोर डोराउन लालायित छन् । अहिले आएर समाजबाद यस्तो बस्त्र बनिरहेको छ । जुन शक्तिले पहिरिए पनि हुने जस्तो कालो भादगाउँले टोपी जस्तै बिचमा चिरेर लगाए कांग्रेस, नचिरी लगाए नेकपा, निधार छोप्ने गरि लगाए शाही शक्ति, टोपी जस्तै समाजबादको रुप पनि त्यस्तै बनिरहेको छ ।
जब नागरिक स्वतन्त्र, सिर्जनशिल बनेर आफ्नो बिवेकपुर्ण रुपमा प्रयोग गर्न सक्छ तब मात्र समाजबादको महत्व बुझ्दै लोकतान्त्रीक ब्यबस्थाको हिमायातीको रुपमा आफुले आफैलाई ग्रहण गर्दै अनुभुति गर्न पाउँछ तब राज्यले पनि मौलिक समाजबादी बिकासको खाका कोर्दै परिकृत बैज्ञानिक शिक्षाप्रणालीसँगै नागरिक उच्चताको बिकास गरि, जनतामा कर्मचारीतन्त्र र न्यायपालिकाको भरोसा बिकास गर्न सक्छ । त्यही दिन मात्र नेपाली जनताले लोकतान्त्रिक समाजबादी देशको नागरिकको अनुभुत र पहिचान प्राप्त गर्नेछन् ।
२०१७ सालको प्रतिगामी कदमपछिको नेपाली कांग्रेस पुर्णत प्रजातन्त्रको पुर्नस्थापनामा केन्द्रीत रहन गयो । यस बिचमा समाजबादी बिकासको अबधारणामा बहस र समय पाउन सकेन । २०४६ सालको परिवर्तन पछि बिश्व अर्थराजनीति ब्यबस्थाको प्रभाबले होला समाजबादी बिकासको अबधारणाबाट नजिकन सकेन ।
खुला अर्थतन्त्र र छिमेकी उदाउदा दुई मुलकको आर्थिक बृद्धिदरको प्रभाबले होला अर्थतन्त्रमा खुलानीति अपनाउदै बजार माथी सरकारी नियन्त्रण र स्वामित्व बजारमै छोडदै आर्थिक बृद्धिदर ८ प्रतिशत पुराएको थियो । बिकासमा आर्थिक सुचांकको उकालो लाग्दै गर्दा शिक्षा, संचार खानेपानी, स्वास्थ्य र सडकमार्ग संजालमा ठुलै आशालाग्दा परिवर्तन देखिएका थिए ।
तर २०५२ साल पछि जंगलमा लागेको डँडेलो जस्तै गरि फैलिएको माओबादी क्रान्तिको उदण्डताले बिकास निर्माणको संरचनामा डँडेलो नै लागेजस्तो भयो, न नब निमार्ण हुन सके न निर्माण भएका संमरचना जीवित रहन नै पाए । जनता बिकासमा राहतको महसुस गर्न नपाउदै बिध्वंशक तरिकाले गाउँबस्ती उजाडी, त्रास उत्पन्न गरी देश आतंकको आहालमा डुब्न बिवश भयो ।
देशले आर्थिक प्रगतिको कालो बादल प्रचण्डपथ २०५२ साल देखी २०६२ सालसम्म नेपाली आकाशमा मडारिरहयो । एकदसक पछाडी धकेलिएको नेपालको बिकास अझै लोकतन्त्र उदयसँगै तंग्रिन नसकिरहेको अबस्थामा ताते ताते गर्दै चलायमान हुँदै थियो । हालको कोरोनाको प्रभाब विश्व नै थलिन पुग्यो, नेपालको आर्थिक तन्त्र पनि यसबाट नराम्रोसँग शिथिल बन्दै गईरहेको छ ।
नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेको रेमिटेन्सले केही हदसम्म नागरिकको बिहान बेलुकी घरको अँगेनो बालिरहेको छ जेनतेन छाक टारिरहेको पनि छ । विश्व बजारमा रोजगारीको अबस्था घटेपनि, बिकसित र समाजबादी र नागरिक उच्चता रहेका मुलकमा प्रदान गरिएको राहत र बैंकिङ सुबिधाले गर्दा नेपाली ब्यवसायी र मजदुर, बिद्यार्थीले पाएका राहतबाट रेमिटेन्सले राहत महशुस गर्न सकिरहेको छ भने अर्कोतर्फ बाँझो खेतबारीले पुर्नजन्म पाएका छन्, करेसाबारी युग फेरी शुरु भएको छ । बजार आश्रित सोचबाट बाध्यताले मानिस र समाजलाई उत्पादनमा लगलशिल बनाएको छ । यो कोरोना युग पछिको बाध्यतात्मक परिवर्तन हो, मुलत जीवनशैली र आचरणसँगै सामाजिक बनोट र सामाजिक तौरतरिकामा परिवर्तन गर्न हामी र हाम्रो समाज बाध्य भएका छौं ।
सम्भवत राजनीतिले नै समाजको मार्गचित्र कोर्ने गर्छ तर अहिले राजनीति कोभिडको चालमा परिमार्जित हुदै चलायमान हुन परेको छ । नेपालकै सन्दर्भमा भन्नुपर्दा नेपाली कांग्रेस पार्टी अधिबेशनको संघारमा पुगिसक्दा पनि बैकल्पिक बाटोको खोजी नगरी पुरानै संरचना र तौरतरिकालाई कुरी समय र साईत सार्न लालायित छ । कसरी यस युग र प्रभाबमा पार्टीलाई समायअनुकुल बनाउन सकिन्छ भनेर खोजी गर्न सकिरहेको छैन । झर्ला र खाउँला भन्ने उखानकै बाटोमा छन् । कोराना प्रभाब सकियला र नयाँ नेतृत्व चुनौला भन्ने छ, नयाँ उपाय र प्रबिधीको खोजी जुटसकिरहेको छैन । दैनिकजसो बिभिन्न नाम र संरचना बनाई जुम मिटीड गरी उही अभिब्यक्ती सधैजसो दोहोराईरहेका छन् । सबै आन्दोलनले खारिएका युबादेखी जेलकै कोठरीमा परिपक्क बनेका नेतृत्व पनि ।
यसको मतलब कोभिडले सिकाएको अनुशासन, प्रयोगबादी दैनिकी, आचरण, समदुरी जस्ता सामाजिक चेतना नेपालका राजनितीक चरित्रले आफ्नो जीवन प्रणालीमा परिवर्तन गर्न इच्छा शक्ति देखाउन सकिरहेका छैनन् । संगठनको ढाँचामा उही नबिनतम खोजी र प्रबिधीको प्रयोग कतै चुकिरहेका त होईन, सोच्न पर्ने बेला भएको छ । समयलाई दोष दिएर भाग्न उचित पक्कै होईन । समयसँगै चल्न समय अनुकुल बन्न सिकौ र त्यस्तै समाजको निर्माण गर्न प्रेरित गरौं, सुधार राजनीतिबाटै गरौं तबमात्र समाजबाद सम्भब होला ।
नेपाली कांग्रेस पार्टी अब त्यही पुरानो मनोबिज्ञानबाट रुपान्तरण हुन जरुरी छ । नीतिबिहिन नेतृत्व पनि अर्थहिन हुनसक्छ । समयाअनुकुल परिमार्जन र आन्तरिक लोकतन्त्रको बिश्वसनिय आधार निर्माण नभए सगठनमा पालुवा लाग्दैन । कर्मकाण्डी ढंगबाट चल्दै जाने ब्यवस्थापन शुद्धता नखोज्ने हो भने आर्यघाटको रोजाई हुनसक्छ ।
अबको नेपाली कांग्रेस प्रगतिशिल जुझारु, संघर्षशिल इतिहास बोक्दै अघि बढनु पर्छ । कांग्रेसको बिभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने हुन या नेपाली कांग्रेसको शासनकालमा जनमुखी बिकास बनाउने मिसनमा बाँधिएर बलिदान गर्ने अदम्य साहस र समपर्ण गर्दै आफु मरेर पनि पार्टीको जग निर्माण गरिदिने तमाम सहिदहरुको तागतको सम्मान गर्न नेपाली कांग्रेस चुक्नु हुँदैन । चुकिरहेको छ । अहिले नेतृत्वको मानसिकता कतै साँघुरो बन्दै गईरहेको त छैन, जसले गाउँको मन र केन्द्रको सोचमा सामिप्यता देख्छ भोलिको नेतृत्व लायक पनि उही हुन्छ । नीति र नेतृत्व ब्यक्तिको होईन बिचारको हुन्छ तबमात्र समाजमा आशाका किरण देखिन थाल्छ र नेपाली कांग्रेस जनताको भरोसा केन्द्र बन्न सक्छ ।
( जमरकट्टेल नेपाली जनसम्पर्क समिती जापानका उपाध्यक्ष हुन्।)