arrow

नेकपाका नेताहरुकाे साँठगाँठमा नेटवर्किङ धन्दा, ठगी गर्न थालेका माथि वाणिज्य विभागकाे अनुसन्धान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
networking.jpg

काठमाडौं । प्रत्यक्ष बिक्री भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अनुमति लिएका कम्पनीहरु अनन्तः नेटवर्किङ धन्दामै लागेका छन् ।

गत असार दोस्रो हप्ता विभिन्न ७ वटा कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री गर्ने भन्दै विभागले अनुमति दिएको थियो ।

कानुनी रुपमा प्रत्यक्ष बिक्री भनिएपनि अनुमति पाएका कम्पनीहरुले व्यवहारिक रुपमा नेटवर्किङ धन्दा गर्ने भन्दै सरोकारवालाले औंल्याएका थिए ।

वाणिज्य विभागले नेटवर्किङ धन्दा नभएर प्रत्यक्ष बिक्री नै भएको दावी गर्दै अनुमति पाएका व्यवसायीको बचाउ गर्दै आएको थियो । तर, विभागको बचाउ र दावी विपरित ती व्यवसायीहरुले भने नेटर्किङ धन्दामा लागेका हुन् ।

पछिल्लो केही दिनयता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा परेको उजुरीहरुबाट यसको पुष्टि भएको हो ।

विभागबाट अनुमति पाएका कम्पनीहरुले नेटवर्किङ व्यवसाय भन्दै उजुरी परेका छन् । ‘उजुरीमा नेटवर्किङ गरेको भन्ने उल्लेख गरिएको छ’ निरिक्षण अधिकृत शंकर ठाकुरले हाम्राकुरासँग भने ।

विभागमा परेका उजुरीका आधारमा थप अनुसन्धान भइरहेको ठाकुरले बताए । उजुरीको आधारमा अनुगमन गरी केही व्यवसायमा सिलबन्दी गरिएको समेत ठाकुरले बताए ।

विभागबाट गत असार दोस्रो हप्तासम्म आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, नेचर हब्र्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, केयर मार्ट्स इन्टरनेसनल प्रालि, युटर्न इन्टरनेसनल प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालि गरी ७ वटा कम्पनीले वस्तुको प्रत्यक्ष बिक्रीका लागि अनुमति पाएका छन् ।

त्यसबाहेक अन्य ६ वटा कम्पनीले अनुमतिका लागि आवेदन दिएका छन् । विभागका अनुसार आधार ग्लोबल मार्केटिङ प्राली, अप्पि लाइफ इन्टरनेसनल प्राली, केयर नेशनल प्राली, ब्यालेनस लाईफ ग्लोबल प्राली,, भिभो नेपाल प्राली र स्मार्टमल्टी प्रपोज कम्पनी प्रालीले अनुमतिका लागि आवेदन दिएका छन् ।

सुरुमा ७ वटा कम्पनीले अनुमति पाएपछि अन्यलाई अनुमति दिन रोकिएको थियो ।

संसदीय समिति अन्तरगत गठित उपसमितिले अध्ययन गर्ने भन्दै आवेदन दिएका केही कम्पनीको अनुमति रोकिएको थियो ।

नेकपा नेताहरुका थियो बचाउ

संसदीय समितिले अनुसन्धान गरिरहँदा व्यवसायीका पक्षमा प्रतिवेदन बनाउन बनाउन भन्दै नेकपाका नेताहरुले संसदीय उपसमितिका सदस्यहरुलाई दवाव दिइरहेका थिए ।

अनुमति पाएका व्यवसायी र नेकपाका नेता विरोध खतिवडादेखि रक्षा मन्त्री ईश्वर पोखरेल लगायतबीच घनिष्ट सम्बन्ध रहेको त्यतिबेलै खुलेको थियो ।

सम्बन्धकै आधारमा नेकपा नेताहरुले संसदीय उपसमितिलाई व्यवसायीको पक्षमा प्रतिवेदन बनाउन दवाव दिइरहेका हन्थ्ये ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा)का बरिष्ठ माधवकुमार नेपाल र नेचर हब्र्सका सञ्चालक अनन्त राईबीच गहिरो सम्बन्ध छ । त्यस्तै नेचर हब्र्सका सञ्चालक जितेन्द्रबाबु (जीबी) राई र नेकपाका सांसद विरोध खतिवडाबीच पनि विशेष सम्बन्ध रहेको स्रोतले बताएको छ ।

त्यस्तै नेकपा नेता एवं रक्षामन्त्री इश्वर पोखरेल र नेचरहब्र्सका सञ्चालक अनन्त राईबीच पनि घनिष्ठ सम्बन्ध रहेको छ ।

पछिल्लो समय नेटवर्किङ धन्दा गर्ने भन्दै विवादमा आएपछि व्यवसायीले कम्पनीको सेयर अर्कैको नाममा गरिसकेका समेत बुझिएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ