arrow

स्थानीय उत्पादन रैथानेकाे प्राथमिकतामा, ‘गाउँको उत्पादन शहरमा, रैथाने खाना घर घरमा’

रैथानेले गर्ला बिचाैलियाकाे अन्त्य?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ७ बुधबार
Raithane_nepal.jpg

काठमाडौं । ‘गाउँको उत्पादन शहरमा, रैथाने खाना घर घरमा’ रैथाने नेपाल डटकमको नारा हो यो ।

नाराबाटै अर्थ्याउन सकिन्छ, रैथाने नेपाल डटकमले नेपालका रैथाने खाद्य वस्तुहरु संकल गरी बिक्री वितरण गरिरहेको छ ।

काठमाडौंको चक्रपथस्थित चप्पल कारखाना नजिकै कार्यालय रहेको रैथाने नेपाल डटकमले मुलुकका विभिन्न जिल्लाबाट स्थानीय कृषि उत्पादनहरु संकलन गर्दै आएको छ ।

विभिन्न २० जिल्लाका ३६ ठाउँबाट स्थानीय उत्पादन संकलन गर्ने र काठमाडौंमा ल्याएर बिक्री वितरण गरिरहेको छ ।

रैथाने नेपालको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार संखुवासभा देखि डडेल्धुरासम्मका २० जिल्लाका ३६ स्थानमा यसका संकलन केन्द्र रहेका छन् ।

रैथाने नेपालका प्रबन्ध निर्देशक शंकर गौतम रैथाने नेपालका संकलन केन्द्रहरु २७ जिल्लामा विस्तार भइसकेको दावी गर्छन् । ‘२७ जिल्लाका विभिन्न स्थानमा हाम्रा संकलन केन्द्रहरु छन्’ गौतम भन्छन्, ‘संकलन केन्द्रमा हाम्रा कर्मचारीहरु छन् । त्यहाँबाट सोझै किसानको खेतमै गएर कृषि उत्पादन खरिद गरी हामीलाई पठाउँछन् ।’

रैथाने नेपालले हालसम्म २ सय २५ कृषि उत्पादनको संकलन गरिरहेको छ ।

यो सँख्या बढ्न सक्ने रैथाने नेपालका फाइनाइन्स म्यानेजर सविन महत बताउँछन् ।

यसले विभिन्न किसिमका स्थानीय खाद्य उत्पादनहरुको संकलन गर्दै आएको छ ।

चामल, तरकारी, फलफुल, घिउ, मह, दाल, गेडागुडी लगायतका २ सय २५ वस्तु भन्दा बढी वस्तुको कारोबार गरिरहेको छ ।

गाउँबाट काठमाडौं भित्रयाई कारोबार गर्दै आएको रैथानेका हाल काठमाडौं उपत्यकामा बिक्री वितरणका लागि दुईटा आउटलेट खडा गरेकाे छ।

केन्द्रिय कार्यालय रहेको चप्पल कारखाना नजिकै अर्काे आउटलेट पनि छ । साेही आउटलेटबाट बिक्री वितरण गरिरहेका र अनलाईनमार्फत होम डेलिभरिको सुविधा पनि रहेको प्रबन्ध निर्देशक गौतम बताउँछन् । ‘हाल दुईटा आउलेट सहीत काठमाडौं उपत्यकाभित्र अनलाईनमार्फत पनि बिक्री वितरण गरिरहेका छौं’ गौतम भन्छन्, ‘विस्तारै हामीले अरु जिल्लाहरुमा शाखा विस्तार र संकलन केन्द्रहरु थप्दै जाने योजनामा छौं ।’

mustard field

उनका अनुसार चालु आर्थिक वर्षभित्रै रैथाने नेपालले ४ वटा आउटलेट थप गर्ने योजना बनाएको छ । ‘२ वटा देखि ४ वटा आउटलेट यही वर्ष थप गर्ने तयारीमा छौं’ गौतमले भने ।

करिब १ वर्षअघि दर्ता भएको रैथाने नेपालले कारोबार थालेको करिब ६ महिना पुगेको छ ।

हाल काठमाडौंमा मात्रै करिब २५ जनाको सँख्यामा कर्मचारी रहेको रैथाने नेपालमा ४५ जना शेयर होल्डर रहेका छन् ।

हाल करिब २ सय २५को सँख्यामा स्थानीय वस्तुहरु संकलन गरी बिक्री वितरण गर्दै आएकोमा भविष्यमा आवश्यकता अनुसार विस्तार गर्दै जाने योजना रैथाने नेपालको रहेको छ ।

बिचौलियाको अन्त्य

वर्षै पिच्छेका बजेटमार्फत नेपाल सरकारले रैथाने खाद्य वस्तुलाई प्रोत्साहित गर्ने योजना ल्याउँछ ।

तर, नेपाली उत्पादन भन्दा सस्तोमा विदेशबाट आयात हुने भएकाले उपभोक्ताको प्राथमिकतामा रैथाने भन्दा पनि विदेशी उत्पादन पर्छ ।

विशेष गरी स्थानीय उत्पादन उपभोक्तासम्म पुगुन्जेल ५ देखि ६ तहमा बिक्री वितरण हुने भएकाले नेपाली उत्पादन अत्यधिक महंगो हुने गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पटक पटक गरेको अध्ययन अनुसार स्थानीय उत्पादन ५ देखि ६ तहमा बिक्री वितरण हुने गरेको पुष्टि भइसकेको छ ।

cabbage

तह घटाउन सरकारले मौखिक घोषणा गरेपनि खासै प्रभावकारी कदम चाल्न सकेको देखिदैन ।

पटक पटकका अध्ययनमा तरकारी, फलफुल तथा स्थानीय खाद्य उत्पादन ‘किसान’बाट बिचौलियाले खरिद गर्ने, किसानले थोरै रुपैयाँ पाउने र उपभोक्ताले अत्यधिक महंगोमा पाउने गरेको देखिएको छ ।

तर, अबका दिनमा बिचौलियाको अन्त्य हुने दावी रैथाने नेपालको छ ।

रैथाने नेपालका कर्मचारी स्वयंम किसानको खेतमा पुगेर किसानको लागत अनुसारका रकममा वस्तु खरिद गर्ने भएकाले बिचौलियाको अन्त्य हुने दावी प्रबन्ध निर्देशक गौतमको छ । ‘हाम्रा साथीहरु सोझै किसानको खेतमा गएर खरिद गर्छन् । लागत अनुसारको रकम हामीले किसानलाई दिन्छौं’ गौतमले भने, ‘हामीले पनि थोरै भन्दा थोरै नाफा खाएर बिक्री वितरण गर्छौं । यसबाट किसानकोमा बिचौलिया पस्न पाएनन् । किसानले पनि उचित मूल्य पाउछन् र उपभोक्ताले पनि अर्गानिक प्रोडक्ट सस्तोमा खरिद गर्न पाउछन् ।’

ban2131d



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ