अहिंसाकाे दियाे 

भाेजराज न्याैपाने, प्रकाशित मिति : २०७७ असोज १८ आइतबार
भोजराज न्यौपाने

सामन्ती भन्याै ,
टाउकाे काट्याै 
हामीले बाेल्ने साहस गरेनाैं 
 राजनीति ठानेरै चुपचाप बस्याैं ।

जनयुद्ध भन्याै
संस्कृत पढाएकाे निहुँमा 
बुढाे शिक्षकलाई झुण्ड्यायाै
यात्रुवाहक बस बमले उडायाै
त्यतिबेला पनि बाेल्ने साहस भएन
चुपचाप सहन बाध्य भयाैं ।
 यसलाई पनि हामीले राजनीति ठान्याैं ।

हामी सुध्रियाैं भन्याै
हिंसा त्याग्याैं भन्याै
हामीलाई भाेट दिनु, सरकारमा पुर्याउनु
तिम्रा सारा सपना पूरा गर्छाैं भन्याै 
 हिंसा त्यागेपछि 
पक्कै हाम्रो हित चिताउँछाै भन्ने ठान्याैं
भाेटपनि दियाैं, सरकारमा पनि पुर्यायाैं 
बदलामा, हाम्रा सबै सपना कुल्चिदियाै
 दिनदिनै हामीलाई मर्न बिवश बनायाै ।
न औषधिमूलाे , 
न शिक्षा, न त राेजगार ! 
न सुन्याै हाम्रो आवाज
न तिमीले बाेल्याै हाम्रो आवाज ! 

बर्षाैंदेखि
हाम्रो भाषा बुझिदिने  
छन् एक सत्याग्रही
जसले बालिरहेका छन् अहिंसाकाे दियाे 
सन्तजस्तै तिनैलाई पनि 
तिमीले शत्रु ठानिरहेका छाै ।
अहिंसाकाे दियाे निभाएर 
हिंसाकाे राजमुकुट लगाउन 
उनकै हत्या गर्ने षड्यन्त्र गरिरहेका छाै ! 
ए मेराे सरकार ! 
ए मेराे देश ! 
म नागरिक हुँ ! 
म साेझाे बाेल्छु -
मेराे आवाज बाेल्ने सत्याग्रहीकाे हत्या गर्न नखाेज !
मेराे आवाज सुन्ने प्रयत्न गर -
म रक्तबिज हुँ 
मपनि अर्काे सत्याग्रही हुँ ।

नयाँ