arrow

प्रत्येक बर्ष चीनका बारेमा नकारात्मक सोच्नेको प्रतिशत बढ्दै

चीनका बारेमा लोकतान्त्रिक तथा विकसित देशका नागरिकहरुको यस्तो छ धारणा

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २२ बिहिबार
china-flag.png

काठमाडौं। लोकतान्त्रिक देशहरुसँगै विश्वभर नै चीनविरुद्ध घृणा बढ्दै गएको एक सर्भेले देखाएको छ। छिमेकी र अन्यदेशहरुसँग कुटनीतिक र व्यापारिक विवाद बढाउँदै लगेका कारण चीनलाई विश्वभर नै हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको पी रिसर्चर सेन्टरले एक सर्वेक्षण सार्वजनिक गर्दै मंगलबार जानकारी गराएको हो।

१४ विकसित एवं प्रजातान्त्रिक देशहरुमा गरिएको सर्वेक्षणले चीनप्रतिको दृष्टिकोण मानिसहरुमा निकै नै नकारात्मक रहेको पाइएको हो । गत जुन १० देखि अगस्ट ३ सम्म गरिएको सर्वेक्षणमा १४ हजार २ सय ७६ मानिसहरु संलग्न रहेका थिए।

अष्ट्रेलियामा गरिएको सर्वेक्षणमा कुल सहभागिमध्ये ८१ प्रतिशतले चीनप्रति नकारात्मक दृष्टिकोण रहेको बताएका थिए । यो गतवर्षको भन्दा २४ प्रतिशतले बढी हो। अष्ट्रेलियाले कोरोना भाइरसको उत्पतिका विषयमा अनुसन्धान गर्न आग्रह गरेको कुरा चीनले नमान्दा समेत चीनप्रति गलत धारणा बढ्दै गएको छ। चीनले व्यापारका क्षेत्रमा समेत अष्ट्रेलियाबाट गाईको मासु आयातमा प्रतिबन्ध, जौ आयातमा उच्च शुल्क र अष्ट्रेलियाली वाइनमा चेकजाँच जस्ता कदम चालेसँगै दुईदेशबीचको विवाद झनै बढेको छ।

सर्वेक्षणले चीनप्रति अष्ट्रेलियामा सबैभन्दा बढी नकारात्मक दृष्टिकोण बढेको देखाएको छ। यद्यपी अरु देशहरुमा समते यो बढ्दो मात्रामा रहेको पाइएको छ।
चीनप्रति नकारात्मक दृष्टिकोण बेलायतमा ७४ प्रतिशत पाइएको छ। यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो। त्यस्तै जमर्नीमा ७१ प्रतिशत नागरिकको चीनप्रति नकारात्मक दृष्टिकोण रहेको पाइएको छ। यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो।

त्यस्तै अमेरिकामा चीनलाई घृणा गर्नेको संख्या ७३ प्रतिशत पुगेको छ। यो गत वर्षको तुलनामा १३ प्रतिशतले बढी हो। सर्वेक्षण गरिएका १४ देशहरु अमेरिका, क्यानडा, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन, स्विडेन, बेलायत, अष्ट्रेलिया, जापान, र दक्षिण कोरिया हुन्।

धेरै जसो देशमा सर्वेक्षणले उच्च आम्दानी र निम्न आम्दानी भएका दुवै किसिमका मानिसहरुको एकै किसिमको धारणा रहेको देखाएको छ। अर्थात धनी र गरिब दुवै किसिमका मानिसहरुले चीनलाई घृणा गर्ने दर बढ्दो अवस्थामा रहेको छ।

त्यस्तै शैक्षिक योग्यताका हिसाबमा समेत सर्वेक्षण गरिएको थियो। यसमा बढी शिक्षित मानिसहरुले चीनलाई घृणा गरेको पाइएको छ कम शिक्षित मानिसहरु भन्दा। यसबाहेक, सर्वेक्षण गरिएका अन्य देशहरुमा समेत अनुसन्धान केन्द्रले सर्वेक्षण गर्न थालेदेखि चीनप्रतिको नकारात्मक दुष्टकोण औसतमा १२ प्रतिशतल बढेको देखाएको छ।

सर्वेक्षण गरिएका धेरै लोकतान्त्रिक देशहरु लगायतले चीनले यसवर्षको सुरुमा हङकङमाथि लागु गरेको सुरक्षा कानुनको निन्दा एवं आलोचना गरेका छन्। बेलायतले चीनलाई हङकङ हस्तान्तरण गर्दा गरेको सुरक्षाबाचाको उल्लंघन भएको आलोचकहरुको भनाई रहेको थियो।

यसबाहेक चीनविरुद्धको बढ्दो नकारात्मक दुष्टिकोणको मुख्य काराण कोरोना भाइरस रहेको छ। चीनको मुख्य शहर वुहानबाट सुरु भएको कोरोना भाइरसको माहामारी बढ्दै जानुमा चिनियाँ हात रहेको आलोचकहरुको भनाइ रहेको छ। यसबाहेक आलोचकहरुले चीनले समयमै भाइरसबारे जानकारी नदिएको र भाइरसबारे सहि सुचनासमेत नदिएको भन्दै चीनको आलोचना हुँदै आएको छ।

१४ देशका नागरिकहरुमध्ये ६१ प्रतिशतले चीनले राम्रोसँग कोरोना भाइरसको नियन्त्रणका लागि कदम नचालेको बताएका छन्। जसले चीनले कोरोना भाइरसलाई चीनले अनुचित तरिकाले नियन्त्रण गर्यो भनेर भने तीमध्येकै धेरैले चीनप्रति नकारात्मक दृष्टिकोण राखेका छन्। यसबाहेक सर्वेक्षणमा भाग लिएका ७८ प्रतिशतले आफुहरु सि जिनपिङमाथि भरोसा नगर्ने बताएका छन्। उनीहरुले वैश्विक सम्बन्धमा सिले उचित भुमिका निर्वाह गर्न नसक्ने बताएका हुन्।

यसबाहेक करिब ८३ प्रतिशत सहभागीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत विश्वास नगर्ने बताएका छन्। उनीहरुले ट्रम्पले समेत वैश्विक सम्बन्धमा उचित भुमिका निर्वाह गर्न नसक्ने बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनका एक खुला आलोचक हुन्। उनले कोरोना भाइरसको माहामारी फैलिनुमा समेत चीनकै हात रहेको एवं चीनले भाइरसबारे सूचनाहरु बाहिर सार्वजनिक नगरेको भन्दै गम्भीर आरोपहरु समेत लगाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ