arrow

हुम्लाका १० वटा सीमा स्तम्भ मध्ये ५ वटामा चिनियाँ अतिक्रमण 

निरिक्षण टोली भन्छ, 'नेपालीमाथि चिनियाँ ज्यादती बढ्दो, सीमामा चिनियाँ सुरक्षाकर्मीबाट ढुंगामुढा'

logo
जनक शाही,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
humla-12-no-pillar-china-bo.jpg

हुम्ला। चीनसँग सीमा जोडिएको हुम्लामा १० वटा मुख्य तथा सहायक सीमा स्तम्भमा गरिएको निरिक्षणका क्रममा ५ वटामा चीनले अतिक्रमण गरेको पाइएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाही नेतृत्वको, स्थानिय जनप्रतिनिधीहरु र पत्रकारहरुसहितको टोलीले हुम्लाको सीमामा जोडिएको ४ नम्बर सीमा स्तम्भ बाहेक ५ देखि १२ सम्मका सबै मुख्य तथा सहायक स्तम्भहरुको निरिक्षण गरेको थियो । 

निरिक्षणका क्रममा १२ नम्बर सीमा स्तम्भ फुटाएर नयाँ बनाइएको पाइएको कांग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीले बताए । त्यहाँ नयाँ सीमा स्तम्भ बनाउँदा अवस्थिति समेत परिवर्तन गरेको पाइएको शाहीले जानकारी दिए । सीमास्तम्भहरुको अवस्थितिको जानकाररी दिदै शाहीले भने, ‘सीमा स्तम्भ नम्बर १० र ११ ठीक देखिन्छ । ९(२) छोडेर घेरवार गर्नुपर्नेमा त्यसो नगरि स्तम्भको आधाबाटै तारवार घेरिएको छ । ९(१), ८(१) र ७(१) हाम्रै भूमीमा हुम्ला कर्णालीवारी भएकोले सीमा हेरफेर भएको छैन । ५(१) र ६(१) सीमास्तम्भ चीनतीर पारेर नेपालतिर तारवार लगाइएको पाइएको छ। ५ नम्बर जंगे पिलर भत्काएर खोलामा फाली नयाँ बनाएका छन् । त्यहाँ पनि मिचिएको देखिएको छ ।'
  
शाहीले हाम्राकुरासँग कुरा गर्दै भने, ‘ ५ नम्बर स्तम्भको १५ मिटरको आसपासमा चिनियाँ चौकी रहेको छ । त्यहाँ जाँदा नेपाली प्रहरीलाई नै ढुंगामुढा गरियो । त्यसैगरि ७ नम्बर पिलरमा जान उनीहरु नेपाली भूमी प्रयोग गरेर आउँछन । उनीहरुले जुन छुट पाएका छन् नेपालीहरुलाई त्यो छुट छैन । त्यो सुविधा उनीहरुले सीमामा रहेका नेपाली सुरक्षाकर्मीलाई पनि दिएका छैनन् । सीमाका नेपालीहरुलाई धम्क्याउने र ज्यादती गर्ने काम भइरहेको छ। समान व्यवहार छैन। '

चिनियाँहरुले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरुले अतिक्रमण गरि भवनहरु बनाउँदा पनि सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । 

मानसरोवर यात्रा भवन बनाएको क्षेत्रबाट हुन थालेपछि चिनियाँहरु नेपालीभूमी अतिक्रमण गरि यता आएको नाम्खा वडा नम्बर ६ का वडा सदस्य कार्मा आवेजाङ तामाङले बताए । ' नत्र त्यो भन्दा पहिला ०६६ सालमा नेपालीहरुले बाटो बनाएको ठाउँमा कसरी चिनियाँ आउन सक्छन्,' नाम्खा ६ लिलिका फुर्वु लामा सोध्छन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ