arrow

बलि कसको दिने ?

logo
अध्यात्म,
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
Buddha.advice2_.jpg

काठमाडौ । बलि भगवान बुद्धको पालामा पनि दिइन्थ्यो । आज पनि धेरै मानिसहरु नेपाल तथा भारतका पर्वतीय क्षेत्रमा बलि दिइरहेका छन् । कसैले बोका, रागा, कुखुरा, भेडा लगेर बलि दिइन्छन् । यहाँसम्म कि कुनै आमाले छोराको कामनाको लागि छिमेकीको छोराको बलि दिइएको पनि सुन्न पाइन्छ । यस्ता धेरै घटना भएका छन् । तपाई विचार गर्नुहोस  देवीलाई हामी सबै संसारको आमा मन्छौ तब उनी बोका, रांगा, कुखुराको पनि त आमा भइन् । फेरी आमाले छोराको शीर कसरी खाने ? आखिर बली प्रथाको मतलब के हो ?  हामी भगवानको अघि जनावरलाई किन काट्छौ ?  

बलिको जुन प्रथा छ यो सबैभन्दा पहिले किन चल्यो भन्ने प्रश्न उठने गरेको छ। हरेक व्यक्ति भित्र जनावरपन छ, जनावरको गुण छ । मानिस भित्र जुन जनावरको भावना छ, जुन जनावरपन छ त्यसको बलि दिनको लागि सन्तहरुले भने,'तिमि भित्रको जुन जनावरपन छ, जुन पशुपन छ त्यसलाई काट, त्यलाई समाप्त गर।' तर हामीले आफ्नो पशुपनलाई समाप्त गर्न सकेनौ । हामी जो बोल्न सक्दैन अवोध जनवारलाई काट्न थाल्यौ । तब के उनीहरुलाई काट्नाले हाम्रो पाप समाप्त हुन्छ ? त्यहाँ त अझ पाप बढ्नेछ  समाप्त हुने छैन ।

वास्तवमा बलिको अर्थ तपाई भित्र भएको जुन पशु विचार छ, नराम्रो विचार छ त्यसलाई काट, त्यसलाई भगवानको समिप बलि देउ भनिएको हो । काम, क्रोध, मोह, लोभ र अहंकारको असली बलि देउ अर्थात यी अवगुणहरुलाई आफ्नो जीवनबाट काट र त्याग गर भनिएको हो। र जहाँसम्म देवीलाई भौतिक केहि बस्तु दिनुको सवाल छ त्यसमा तपाई सात्विक बलि दिन सक्नुहुन्छ नरिवल, पेडा, सुपारी जाइफल आदि दिन सक्नुहुन्छ। अर्थात हाम्रो पूजा सात्वीक हुनुपर्छ। तर हामीले जुन चिज हामीले आफै भित्र समाप्त गर्नु थियो त्यो गरेनौ र अबोध जनावारहरुलाई काट्न थाल्यौ ।

तब महात्मा बुद्धले यी सबै देखेर भने,' यी अबोध जनावरहरुलाई काटनाले तिमिहरु पापको समाप्त गर्न सक्दैनौ, पापको बृद्धि हुनेछ ।'

पुरानो जमनामा  मानिसहरु नरबलि दिन्थे त्यसमा शिर काटिन्थ्यो। ब्राह्मणहरुले मंत्र पढ्थे र शिर पुन: जोडिन्थ्यो तर यस्तो त आजकल हुदैन। बोकालाई देवीको अघि लगेर काप्छ काप्दैन हेरिन्छ, शिर हल्लाएन भने उसको कानमा पानी हालिन्छ। हल्लाएपछि काटिन्छ। 

मानिसहरु तामसिक बनेकाले यी सब कामहरु भैरहेका छन्।  मानिसहरु पथभ्रष्ट भइरहेका छन् । सात्विक हुन सकेका छैनन् ।

तमस गुण प्रधान भएपछि व्यक्तिलाई सत्य-असत्यको ज्ञान हुदैन, यानि उ अज्ञानको अंधकार (तम) मा रहन्छ । कुन कुरा ठिक हो र कुन गलत हो त्यसको यथार्थ थाहा पाउदैन र यस स्वभावका व्यक्तिलाई यो जान्नको जिज्ञासा पनि हुदैन। तमगुणले भरिएको जीव क्रोध आदि नीच वृत्तिमा वशीभूत भएर आचरण गर्छ ।



नयाँ