arrow

साउदी अरबले पाकिस्तानको नक्साबाट गिलगिट-बाल्टिस्तान र काश्‍मिर हटायो

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
saudi-arab-flag-1.jpg

काठमाडौं। पछिल्लो समय पाकिस्तान र साउदी अरबबीचको सम्बन्धमा तिक्तता बढ्दै गएको छ । जब यूएईले १४ अगस्त २०२० मा इजराइलसँग औपचारिक सम्बन्ध स्थापित गर्ने घोषणा गर्‍यो त्यो पाकिस्तानलाई चिढ्याउने खालको स्वतन्त्रता दिवसको उपहार थियो । त्यो पनि बेरुत ब्लास्टको १० दिनपछि मात्रै यस्तो घोषणा भएको थियो ।

इजरायलको शान्ति व्यवस्थालाई सामान्यीकरण गर्न साउदी अरबले महत्वपूर्ण भूमिका खेलेको थियो । एक अन्तर्वार्ताका क्रममा इजरायलका मासाद प्रमुख योशी कोहेनले साउदी अरबले पनि चाँडै इजरायलसँग औपचारिक सम्बन्ध स्थापना गर्ने विश्वास व्यक्त गरेकी छन् । 

कोहेनले अमेरिकी राष्ट्रपति निर्वाचनपछि साउदी अरब र इजरायलले चाँडै एकअर्को मुलुकमा दूतावास स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । २२ वटा अरब राष्ट्रहरुले इजरायलमा दूतावास राख्‍ने प्रक्रिया अघि बढाइरहेका छन् । तर, त्यसमा पाकिस्तान, इरान र सम्भवत: कतार पर्नेछैन । 

पछिल्लो समय पाकिस्तानले काश्मिर मामिलाका विषयमा साउदी अरबको आलोचना गरेपछि रियादले इस्लामावादलाई एक बिलियन ऋण चुक्ता गर्ने बाध्य पारेको थियो । पाकिस्तानले पनि चीनको सहयोगमा उक्त ऋण चुक्ता गरिसकेको छ । त्यसैगरी पाकिस्तानमा तेल आपूर्तीमा समेत समस्या सिर्जना भएको छ । 

पाकिस्तानलाई थप धक्का दिनका लागि उसले फिर्ता गरेको एक बिलियन अमेरिकी डलर भारतको रिलायन्स जिओ फाइबरमा लगानी गर्ने घोषणा गरेको छ । यतिमै मात्र यो क्रम रोकिएको छैन । साउदी अरबले २१-२२ नोभेम्बरमा हुने जी-२० बैठकको आयोजना गर्नुका साथै आफ्नो अध्यक्षताको सम्झनामा २० रियालको नयाँ नोट सार्वजनिक गरेको छ । 

उक्त नोटको एक भागमा विश्वको नक्सा देखाइएको छ । जसमा गिलगिट-बालिटस्तान र काश्‍मिर पाकिस्तानको नक्साबाट हटाइएको छ । काश्‍मिर क्षेत्रका विषयमा विगत ७० वर्षदेखि  भारत र पाकिस्तानबीच द्वन्द्व चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ अगस्तमा धारा ३७० खारेज गर्दै जम्मु काश्‍मिरलाई केन्द्र शासित प्रान्तको रुपमा मान्यता दिएपछि पाकिस्तान आक्रोशित बनेको छ । 

साउदी अरबका अनुसार गिलगिट-बाल्टिस्तान र काश्‍मिरलाई अलग स्वतन्त्र राष्ट्रको मान्यता दिइएको छ । यसअघि ५ अगस्त २०२० मा पाकिस्तानले काश्मिरलाई आफ्नो दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेपछि साउदीले पनि पाकिस्तानको नक्साबाट गिलगिट-बाल्टिस्तान र काश्‍मिरलाई हटाएको हो । जुन पाकिस्तानका लागि मुस्लम बिश्वको एक प्रभावशाली राष्ट्रको तर्फबाट ठूलो धक्काको रुपमा हेरिएको छ । भारतमा भने साउदी अरबको कार्यलाई दिपावली गिफ्टको रुपमा अर्थ्याइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ