arrow

राष्ट्रपतिको निर्वाचनको मत परिणाम आउँदै, को छिर्न पाउँछ ह्वाइटहाउस ?

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
trump-biden1.jpg

काठमडौं । अमेरिकामा आगामी राष्ट्रपतिका लागि मतदान सकिएर मतगणना पनि सुरु भइसकेको छ । केही राज्यमा मतपरिणाम आउन थालिसकेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

एक्जिट पोल अनुसार बाइडेन ८५ र ट्रम्प ६१ इलेक्टोरल भोटबाट अगाडि छन् । ट्रम्प इन्डियाना र न्यू हेम्पसायरमा अगाडि छन् । केन्टुकीमा बाइडेनले ५२.३ प्रतिशत र टम्पले ४५.३ प्रतिशत मत प्राप्त गरेका छन् । 

फ्लोरिडामा जित हासिल गर्नु सबैभन्दा महत्वपूर्ण मानिन्छ । ८० प्रतिशत मत गणना हुँदा ५० प्रतिशत पपुलर मत ट्रम्पले पाएका छन् । यो सन् २०१६ को भन्दा बढी हो । 

केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरुले मतदान गरेका छन्  ।  इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् भने पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ ।

अहिलेसम्मको विश्लेषण अनुसार कोरोना भाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए । यस क्रममा ट्रम्प कोरोना संक्रमित नै भएका थिए । 

ट्रम्पले एक साताअघि र प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा मंगलबार मत खसालेकी थिइन् । 

यसपटक कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरुले पनि मत खसालेका थिए । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले संक्रमितले पनि मत खसाल्न पाउने जनाएको थियो ।

यसपालि विज्ञापनमा ठूलो रकम खर्च भएको छ । बाइडनको प्रचार अभियान समूहले विज्ञापनहरूमा ६३ करोड ८० लाख डलर खर्च गरेको छ भने ट्रम्पको प्रचार अभियान समूहले ४७ करोड २० लाख डलर विज्ञापनमा खर्चेको बीबीसीले लेखेको छ । 

को छिर्न पाउँछ ह्वाइटहाउस ?
राष्ट्रपति कार्यालय ह्वाइटहाउस छिर्न सजिलो छैन । अमेरिकाको चुनावी प्रक्रिया फरक छ । अर्थात् अमेरिकी निर्वाचनमा आमजनताको लोकप्रिय मत जितेर ह्वाइट हाउसमा राज गर्न पाइन्न । लोकप्रिय मत नजितेर पनि राज्यहरुबाट प्राप्त हुने इलेक्टोरल भोट आफ्नो पक्षमा पार्ने उम्मेदवार राष्ट्रपति बन्न सक्नेछ । 

जनसंख्याको आधारमा विभिन्न राज्यबाट चुनिने ५३८ इलेक्टोरल भोटमध्ये २७० भोट आफ्नो पक्षमा पार्ने उम्मेदवारले उक्त अवसर पाउने अमेरिकी निर्वाचन प्रणालीको विशेषता रहेको छ । 

यसका लागि इलेक्टोरल कलेज हात पार्न सम्बन्धित राज्यको ५० प्रतिशतभन्दा बढी मत आफ्नो पक्षमा पार्नुपर्नेछ ।

सन् २०१६ को निर्वाचनमा ३० लाखभन्दा बढी भोट ल्याएर पनि इलेक्टोरल कलेजमा बहुमत जुटाउन नसक्दा डेमोक्रयाट उम्मेदवार हिलरी क्लिन्टनले हार ब्यहोर्नुपरेको थियो । ट्रम्पले सफलता हासिल गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ