arrow

म्याक्रोनको कदमपछि डेनमार्कले मस्जिदका लागि रोक्यो आर्थिक सहयोग

मस्जिदमा विदेशी सहयोग गैरकानुनी

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
denmark2.jpg

काठमाडौं। युरोप चरमपन्थी मुस्लिमहरुको त्रासबाट यति बेला ब्यूँझिरहेको छ। सेप्टेम्बरको अन्तदेखि फ्रान्सले कट्टपन्थी मुस्लिम आक्रमणको सामना गरिरहेको छ। यसबीच अन्यदेशहरुले फ्रान्समा भइरहेका कट्टरपन्थी आक्रमणबाट पाठ सिक्न खोजिरहेका देखिन्छन्। यसैक्रममा डेनमार्कले विदेशी लगानीमा मुस्लिम कट्टरपन्थीहरुले पहुँच बनाउन नसकुन भनेर कडा कदम चालेको छ। डेनमार्कले विदेशी मुलुक वा संस्थाबाट मस्जिदका लागि भनेर आएको रकमलाई अपराधिकरण गर्ने नयाँ कानुन बनाएको हो।

इन्टिग्रेसन मन्त्री माटियास टेस्फायेले यो कानुनबारे फेसबुक पोष्टमार्फत जानकारी गराएका छन्। उक्त पोष्टअनुसार, डेनीस सरकारले कुनै पनि व्यक्ति, संस्था या देशले मस्जिदका लागि गरेको लगानीलाई अपराधिकरण गर्नेछ। प्रजातान्त्रिक मुल्य, मौलिक स्वतन्त्रता र मानव अधिकारको विरोध गर्ने या कमजोर पार्ने किसिमले गरिएको लगानीलाई सरकारले कारबाही गर्ने भएको हो। डेनमार्कको सरकारले लामो समयदेखि चरमपन्थी मुस्लिमबिरुद्ध संघर्ष गर्दै आएको छ। सन् २००५ देखि त्यहाँको खुफिया एजेन्सी मुस्लिम कट्टरपन्थीबाट सशंकित छ।

सन् २००५ मा डेनिस पत्रिका जिल्याण्ड्स पोष्टले १२ वटा पैगम्बर मोहम्मदका कार्टनुहरु प्रकाशित गरेको थियो। त्यतिबेला डेनमार्कको राजधानी कोपेनहेगनबाट डेनमार्कविरुद्ध आवाज उठाउनका लागि मध्यपूर्वमा मिसन पठाइएको थियो। त्यतिबेला डेनीस कुटनीतिक मिसनमाथि आक्रमण भएको थियो भने मुस्लिम विश्वमा डेनमार्क र त्यहाँको सामानविरुद्ध बाइकट अभियान चालिएको थियो।

डेनमार्कको सरकारले चरमपन्थी मुस्लिम आतंक एवं घटनाहरुको समाधान खोजिरहेको छ जुन, डेनमार्कका गैर मुस्लिमलाई मात्रै हैन्, डेनमार्कका मुस्लिम समुदायका लागि समेत खतरापूर्ण छ। डेनमार्कले बहु सांस्कृतिक सभ्यता अथवा समाजको विकास गरेको छ जसले मुस्लिम र गैर मुस्लिम दुवैलाई स्वतन्त्र र शक्तिमान तरिकाले अधिकार प्रदान गर्छ।

गत जनवरीमा डेनिस पत्रिका बर्लिंग्सकेले साउदी अरेबियाले डेनमार्कको राजधानीमा रहेको तायबा मस्जिदमा उस्को राजदुतावासमार्फत ७ लाख ९० हजार डलर पठाइरहेको खुलासा गरेदेखि डेनमार्कले यस्तो लगानीविरुद्ध कानुन बनाउन थालेको हो। मस्जिदमा विदेशी लगानीको विषयमा डेनमार्कमा लामो समयदेखि बहशको विषय बन्दै आएको थियो। डेनमार्कको राजधानीमा रहेको ग्राण्ड मस्जिदमा कतारले लगानी गरेको कुरादेखि विवाद सुरु भएको थियो।

आधुनिक युरोपमा त्यहाँको इतिहास क्षय हुँदै गइरहेका बेला फ्रान्स र डेनमार्कले त्यसको बचाउ थालेका छन्। फ्रान्समा एक मुस्लिम युवकले शिक्षकको हत्या गरेसँगै राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्समा रहेका मुस्लिमहरुलाई इस्लामीक भर्जन अफ फ्रान्स अर्थात मुस्लिमहरुमा फ्रान्सको प्रभाव बढी पार्ने कुरा उठाएका छन् । यही कुरालाई डेनमार्कले पनि आत्मसाथ गरिरहेको छ । यसको अर्थ कुनै पनि देशमा रहेका मुस्लिमहरु सो देशको प्रभावमा बढी पर्नेछन् धर्मको तुलनामा।

अहिले युरोपका २७वटै देशहरुले संयुृक्तरुपमा इस्लाममा ज्ञान भन्ने किसिमको नीति अघि सारेका छन्। यसबाट मुस्लिम क्टटरपन्थीको सम्भावना कम हुने ती मुलुकहरुको अनुमान छ। यसै अन्तर्गत डेनमार्कले अब, मस्जिदका लागि हुने विदेशी लगानीलाई रोक्दै सुरुवाती कदम चालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ