arrow

चर्चित टर्कीस लेखक फती एर्दोआनका कथाहरु अब नेपालीमा

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
Super-Moo-book-cover-mockup.jpg

काठमाडौं चर्चीत टर्कीस लेखक फती एर्दोआनका नेपाली अनुवादित कथाहरु अब पढ्न पाइने भएको छ । लेखक फती एर्दाेआनका कथाहरुमध्ये बालबालिका सम्बन्धी किताब प्रकाशन गर्ने कथालयबाट ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ शीर्षकको बालकथा प्रकाशित भएको छ ।

यो कथामा सुपरमु नयाँ कुरा सिक्न चाहने पढेलेखेकी गाई हुन्। एक दिन उनले अचम्मको समाचार पढ्छिन्– चाँडै नै एउटा ठूलो उल्का पृथ्वीको नजिकबाट जाँदैछ।  उनलाई यो कुरा पढेर अब के हुने हो भन्ने चिन्ता लाग्छ। त्यो उल्काले पृथ्वीलाई ठक्कर दिन लागेको थाहा पाएपछि उनको चिन्ता झनै बढ्छ। 

तर सुपरमु सजिलै हार मान्ने गाई हैनन्। उनले इन्टरनेटबाट साथीहरुसँग यो समस्याबारे छलफल गर्छिन्। उनीहरु सबै मिलेर एउटा उपाय निकाल्छन्।

त्यो उपाय के होला? सुपरमुले र उनका साथीहरुले पृथ्वीलाई कसरी बचाए होलान् ? यो कथाले जस्तै जिज्ञासापूर्ण र रमाइला कथाहरु एर्दाेअनले लेखेका थिए ।

अझ एर्दोअन आफैले कोरेका चित्रहरु समेत रािखएको यो कथा निकै नै रोमाञ्चक छ । बाल मनोविज्ञानलाई रोचक डंगबाट काउकुत्याउने कथा एक पटक १० वर्षमुनिका बालबालिकालाई पढाउँनै पर्ने देखिन्छ ।

त्यस्तै एर्दाआनको ‘म ढिलो भए’ चर्चित बाल पुस्तक शृंखला पनि सार्वजनिक भएको छ । हालसम्म १० लाख प्रति बिक्री भइसकेको यो किताब अंग्रेजी, चाइनिज, बोस्नियन, अजरबैजानी, अरबिक, मलयामी आदि भाषामा प्रकाशित भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ