arrow

धनुषामा संसद विघटनको विरोधमा प्रदर्शन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष १३ सोमबार
dhanusa-birodh-congress.JPG

धनुषा । नेपाली कांग्रेसले धनुषाका चार वटा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा संसद विघटनको विरोधमा सोमबार प्रदर्शन गरेको छ ।  पूर्व घोषित कार्यक्रमअनुसार कांग्रेसले ओली सरकारको कदमविरुद्ध प्रदर्शन गरेको हो ।

धनुषाको क्षेत्र नम्बर १ को धनुषाधाममा कांग्रेसका नेता आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा नेता रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर दुईका संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर  ४ को महेन्द्रनगरमा केन्द्रीय सदस्य एंव पुर्बमन्त्री  महेन्द्र यादव सहितले कोणसभामा सम्बोधन गरेका छन् ।

कोणसभामा नेताहरुले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको भन्दै प्रदर्शनसहित नाराबाजी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ