arrow

संसद विघटन गर्दा राजावादी र प्रधानमन्त्री मिले : प्रमिलाकुमारी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
pramila-kumari.JPG

काठमाडौं । जनता समाजवादी पार्टीबाट राष्ट्रिय सभा सदस्य बनेकी नेतृ प्रमिला कुमारीले प्रतिनिधि सभा विघटन २०१७ मा राजा महेन्द्रले चालेकै घटनाको पुनरावृती भएको बताएकी छन ।  उनले प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको व्यवस्था लादेर संसद विघटन गरेको र सो कदम संविधान माथीको कु भएको बताइन ।

संसद विघटनको घटनापछि प्रधानमन्त्री केपी ओलीको गणतन्त्र, संघीयता र समावेशीता बिरुद्धको चरित्र प्रष्ट भएको तथा बयलगाडा सिद्धान्तबाट गणतन्त्र विरोधी सिद्धान्त पुष्टी गरेका प्रधानमन्त्रीले आफू एकात्मकवादी नश्लवादीहरुको कित्तामा उभिएको प्रष्ट पारेको बताइन ।

धरणा राख्दै उनले संसद विघटनको घटनामा राजावादी र प्रतिगमनवादीहरुसँगै प्रधानमन्त्री मिलेर संसद विघटन गराएको समेत बताइन ।  बैठकमा धारणा राख्दै उनले राष्टपति संविधानको संरक्षक हुनु पर्नेमा संरक्षक नभएर भक्षक भएको समेत बताइन । राष्ट्रपतिले समेत संसद विघटनका सन्दर्भमा सुझबुझपूर्ण निर्णय लिन नसकेको र त्यो क्षमता नदेखिएको उनले कनेकी छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ