arrow

रोनाल्डोको दुई गोलले जित्यो युभेन्ट्स

logo
प्रकाशित २०७७ पुष २० सोमबार
christian-ronaldo.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्धतले इटालियन सिरी ए फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजविरुद्ध ४–१ गोल अन्तरको जित निकालेको हो ।

रोनाल्डोले खेलको ३१ औं र ७० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै ४९ औं मिनेटमा फेड्रिको र इन्जुरी समयमा पाउलो डिबालाले गोल गरेका थिए । 

त्यसअघि ९० औं मिनेटमा मार्भिनले गोल गर्दै उडिनेजेलाई सान्त्वना गोल दिलाएका थिए । 

यो जितपछि युभेन्ट्सले १४ खेलमा २७ अंक जोडेको छ । 

युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ