arrow

भरतसँग लडाई गर्न निस्किएका गूह यसरी रोकिए

बुढा पाकाको अर्ती

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ माघ १ बिहिबार
shree-ram-bharat.jpg

काठमाडौं ।  श्रीरामचन्द्र पिता दशरथको आज्ञाले १४ वर्षको बनवासका लागि सीता र लक्ष्मण सहित दण्डकारण्यमा विश्राम गरिरहनू भएको थियो । यता भरत आफ्नो मामा घरबाट अयोध्या आएपछि श्रीराम बन जानूभएको सूने ।

उनको राज्यगर्ने मन थिएन र श्रीरामलाई फर्काउछु भनेर आफ्ना सेनासहित बनतर्फ लाग्नूभएको थियो ।  भरतको सेना देखेर गूहलाई पीर पर्यो र आफ्नो सेना जम्मा गरेर भरत तर्फ जाइलाग्ने विचार बनाए । यीनको यो चाला देखेर एक जना बुढा पूरुषले यो तयारीका बारेमा उनलाई प्रश्न गरे । गूहले भने, श्रीरामचन्द्रजीको रक्षार्थ भरतसंग लडाई गर्न भनेर मैले यो सेना तयार गरेको हूं ।
 
उनको यस्तो जवाफ सूनेपछि ती बुढा पूरुषले पहिले भरतलाई भेट स्वरुप केही उपहार लैजानू ती उपहार हरूमा सबभन्दा पहिले भरतको आंखा कूनमा पर्छ, त्यसबाट उनको नियत थाहा पाउन सकिन्छ भन्ने सल्लाह दिए ।

ती बुढाको अर्ती अनूसार नै गूहले फल, फुल लगायत तामसी बस्तूको उपहार लिएर गए । भरतको आंखा फल, फुलमा पर्यो । उनले भरतको नियत थाहा पाइहाले र स्वागत गरे । सात्विक वस्तूको प्रभावले गूहको मनमा पलाएको तामसी विषय पनि हटेर गयो ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ