arrow

आम्दा अस्पतालमा सुत्केरी मनीषाको मृत्यु

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ माघ २३ शुक्रबार
woman-dead-body.jpg

दमक । झापाको दमकस्थित आम्दा अस्पतालमा शुक्रवार बिहान बच्चा जन्माएकी मोरङ मिक्लाजुङ ९ घर भएकी २५ बर्षिया एक महिलाको मृत्यु भएको छ । बिहीबार बेलुकी करिब ७:३० बजे सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएकी मिक्लाजुङ ९ नाइतेपानी घर भएकी मनीषा राईको शुक्रवार बिहान मृत्यु भएको हो । उनले बिहान ७.४५ बजे छोरा जन्माएकी थिइन ।

मृतक मनीषाका पति सन्तोष राईका अनुसार हिजो बेलुका ७:३० बजेतिर एम्बुलेन्समा ल्याइएकी श्रीमतीलाई राती बेथाले धेरै च्यापे पछि बारम्बार खबर गर्दा पनि केही हुँदैन यस्तै हो भन्दै बेवास्ता गरेका थिए ।

बिहान बच्चा जन्मिएपछि पनि चिकित्सकहरूले सुत्केरी महिलाको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन नखोजेको र अधिक रक्तस्रावका कारण मनीषा छटपटाएकी थिइन ।

अन्तिम समयमा आएर आम्दा अस्पतालले ती महिलाको थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको थियो । मृतककी दिदी मेनुका राईले बहिनी मनीषाको मृत्यु आम्दा अस्पतालमै भएको तर जबरजस्तL अस्पतालले धरान रेफर गरेर पन्छिन खोजेको आरोप लगाएकी छन् ।

मृतकका आफन्त र गाउँलेहरूले ती सुत्केरीको मृत्यु आम्दा अस्पतालकै त्रुटिका कारण भएको भन्दै अस्पताल समक्ष विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले मनीषालाई सुत्केरी गराउने प्रक्रियामा संलग्न चिकित्सक तथा नर्सहरूमाथि छानबिन गरी कारबाही गरिनुपर्ने, मृतकका छोराछोरीको शिक्षा, स्वास्थ्य लगायतको ग्यारेन्टी गरिनुपर्ने र उपचार प्रक्रियामा लागेको खर्च तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

पीडित पक्षको मागका विषयमा अहिले अस्पताल प्रशासन सँग छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ