arrow

पोखरामा ग्यास सिलिण्डर पड्कियो, एक जना घाइते

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
gas-cylinder.jpeg

पोखरा । पोखरामा ग्यास सिलिण्डर फड्किंदा एक जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नं.३३, बहुमारा गण्डकीवेशीका धनबहादुर थापाको घरमा शनिबार बिहान ५ बजे ग्यास सिलिण्डर पड्किएको हो ।

सिलिण्डर पड्किएर थापाकी ४६ वर्षीया श्रीमती पद्मा कुमारी थापा घाइते भएकी हुन् । उनको शरीरमा आगो लागेर घाइते भएकी हुन् । 

उनको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सिलिण्डर पड्किंदा थापाको पक्की घरको गारो चर्किएको, झ्याल र ढोका पूर्णरुपमा क्षति भएको छ भने घरका अन्य सात वटा झ्यालका सीसा फुटेको र भर्याङको रेलिङमा समेत क्षति पुगेको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

रातको समयमा ग्यास लिक भएको र बिहान चिया पकाउने क्रममा ग्यासमा आगो लाग्दा सिलिण्डर पड्किएको डिएसपी थिङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ