arrow

इन्टरलाई हराउँदै युभेन्ट्स कोपा इटालियाको फाइनलमा

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
juventes.jpg

काठमाडौं । इटालियन सिरि ए डिफेन्डिङ च्याम्पियन युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेलेपछि समग्रमा २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स फाइनलमा पुगेको हो । 

युभेन्ट्स पहिलो लेगमा २–१ गोल अन्तरले विजयी भएको थियो । पहिलो लेग युभेन्ट्सको मैदानमा भएको थियो भने दोस्रो लेग इन्टरको मैदानमा भएको थियो । 

गत सिजन युभेन्ट्स नापोलीसँग फाइनलमा पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित भएको थियो ।

यसपालि उपाधिका लागि युभेन्ट्सले नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ । फाइनल खेल भने मे १९ तारिखमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ