arrow

वैभवशाली राजाले कुटे सेवक

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
king4.jpg

काठमाडौँ । राजा ईब्राहीम आफ्ना समयमा  निकै वैभवशाली राजा थिए । उनी सधैँ फूलको बिस्तरा सुत्ने गर्थे । एक दासी सधैँ उनको लागि फूलले विस्तर सजाउथिइन् । एक दिन दासी जब फूलले विस्तर सजाइरहेकी  थिइन् ।

तब उनले सोचिन्, 'राजा फूलको बिस्तरा सुत्नुहुन्छ उहाँलाई कति आनन्द हुँदो हो । यसको अनुभव म पनि गर्छु । केही समय यो बिस्‍तरमा म पनि ढल्किएर हेर्छु कति आनन्द आउँछ ।'

उनी त्यो पलङमा सुतिन् । सारा दिन काम गरेर थाकेकी उनी विस्तारमा पल्टिएसँगै निदाइन् । जब राजा सुत्नको लागि आफ्नो शयन कक्षमा आए तब दासीलाई फूलको बिस्तारामा सुतिरहेको देखेर निकै रिसाए । उनी रिसले मुरमुरिँदै भने, 'यो दासी कति उद्दण्ड छे । जो मेरो पलङमा सुतिरहेकी छे । यसले निकै ठुलो गल्ती गरेकी छे । यसलाई सजाय दिन आवश्यक छ ।'
 
उनले चाबुक निकालेर दासी माथि प्रहार गर्न थाले ।

चाबुक बर्साएसँगै पिडाले दासी कराउन थालिन् । चिच्याऊ लागिन् । रुँदा-रुदै अचानक उनमा एक विचार आयो । सो विचारले उनी खित्का छोडेर हाँस्न लग्छिन् । उनी हाँसेको देखेर राजालाई आश्चर्यचकित भए ।

राजाले चाबुक बर्साउन छोडेर सोध्छन्, ' हे दासी ! जब म चाबुक हान्दै थिए त पहिले रुद्धै थिइस् पछि हाँस्न थालिस् कुरो के हो ?'

दासी भन्छिन्, 'महराज ! यदि तपाई मेरो गल्तीलाई क्षमा गर्नुहुन्छ भने म बताउने हिम्मत गर्छु ।' राजाले उसलाई माफी दिए ।

तब दासीले भनिन्, 'महराज ! म तपाई सुत्नको लागि फूलको विस्तर सजाइ रहेको थिए तब मैले सोचे की जब राजा यस विस्तरमा सुत्नुहुन्छ तब उहाँलाई कति सुख मिल्छ, उहाँ कति आनन्द प्राप्त गर्नुहुन्छ र त्यो सुखको अनुभव गर्नको लागि म जसै सुते मलाई निन्द्राले सतायो ।'

उनले भनिन्, 'जब अकस्मात् ममाथि चाबुक बर्सियो तब म असहाय पिडा भएर रुन थाले तर केही समयमा मभित्र एक विचार आयो । जब केही समयको लागि यस फूलको बिस्तरा सुत्नुको परिणाम यो छ । मैले चाबुक खानु परेको छ भने राजा जुन सधैँ यस बिस्तरा सुत्छन् उनले पछि कति दण्ड भोग्नु पर्नेछ । उनको अन्त्यमा गएर के हालत हुनेछ  । यो विचार जब म भित्र आयो तब म आफ्नो पीडालाई भुलेर तपाई माथि आउने परिणामलाई सोचेर हाँस्न थाले ।'

यो सुनेर राजा निकै चिन्तित भए । आफ्नो भविष्य आफ्नो अन्तकाललाई लिएर  ।
उनले दासीलाई सोधे, 'के यस्तो कुने बाटो छ । जो म त्यो भयङ्कर परिणामबाट आफैलाई जोगाउन सकूँ ।'
दासी भन्छिन्, 'महराज ! यस समयका साँचो सद्गुरु सन्त कबीरदास हुनुहुन्छ । उहाँ भएको ठाउँमा तपाई गए त्यो आत्म ज्ञान दिएर त्यो दुःखबाट मुक्त हुने उपाय बताउनुहुनेछ ।'

दासीको कुरा सुनेर राजा ईब्राहीमले राजपाट छोडे । राजा ईब्राहीम सन्त कबीरदासको आश्रममा गएर सेवा गर्न थाले ।
सेवा गर्दा गर्दै बर्सो बितेपछि सन्त कबीरदासकी धर्मपत्नी माता लोईले भनिन् , 'ईब्राहीमले धेरै सेवा गरे । अब तपाई यीनलाई ज्ञान दिनुहोस् ।' कबीरदास भन्छन्, 'उसलाई अझै सेवा गर्न देऊ ।  यो घडा अझै कच्चा छ, ज्ञान अग्निमा राख्दै फुट्नेछ ।'
लोईले भनिन्, 'होइन महराज ! धेरै समय भयो बिचराले सेवा गरेको अब ज्ञान दिनुहोस् ।'
सन्त कबीरदासले भने, 'लोई  तिम्रो यस्तो इच्छा छ भने यीनको परीक्षा लिएर हेर , उत्तीर्ण भए ज्ञान दिनेछु ।'

अर्को दिन जसै राजा ईब्राहीम आश्रममा झाडु लगाएर विश्राम गर्न बसे तब माता लोईले उनी माथि हिलोको बाल्टिन खनाइदिनुभयो । हिलो ईब्राहीममाथि परेसँगै उनी क्रोधित भएर भन्न थाल्छन्, 'मेरो राज्यमा कोही ममाथि हिलो हाल्थ्यो भने म त्यसलाई टुक्रा टुक्रा पारिदिन्थे ।'

माता लोई हाँस्दै जानुहुन्छ । उनले कबीरदासलाई भनिन्, 'महाराज उनी भित्र अझै पनि राजा हुनुको अभिमान छ, उनलाई अझै केही समय सेवा गर्न दिनुहोस् ।'

जब ईब्राहीमले परीक्षा लिइएको र उनी फेल भएको थाह पाए तब उनी निराश  भएनन् उनी अझ उत्साहका साथ सेवा गर्न थाले । लामो समय बितेपछि माता लोईले कबीरदासलाई भन्नुभयो,'महराज अब त ईब्राहीमले धेरै सेवा गरे । उलाई ज्ञान दिनुहोस् ।
कबीरदासले भने, 'फेरी परीक्षा लिएर हेर ।'

एक दिन बिहान ईब्राहीमले आश्रमको सफाइ सकेर नुहाउन नदिमा गए । उनी नुहाएर आश्रम फर्किदै थिए तब माता लोईले माथिबाट एक बाल्टी फोहर उनी माथि खनाइन् ।

जसै राजा ईब्राहीममाथि फोहर पर्‍यो तब उनी माथि हेरेर भन्छन्, 'हे गुरु माता तपाईँले यस क्षुद्रको लागि, यस पापीको लागि यति कष्ट किन उठाउनुभयो, आफ्नो हातले यस्तो फोहर चीज किन उठाउनुभयो ? यदि तपाई आज्ञा दिनुहुन्थ्यो भने सबै फोहर म आफै आफ्नो टाउको माथि हाल्ने थिए ।'

तब माता लोईले कबीरदासलाई भनिन्, 'महराज ! अब ईब्राहीमभित्र अभिमान छैन । अब उनी ज्ञान लिनको लागि तयार छन् ।' सो परीक्षासँगै ईब्राहीमलाई कबीरदासले ज्ञान दिए । ज्ञान प्राप्त भएपछि ईब्राहीमले त्यो ईश्वरीय सत्तालाई आफ्नो हृदयमा दर्शन गरेर उनको मनुष्य जीवन सार्थक बनाए ।

सद्गुरुबाट सो तत्त्व प्राप्त गर्नको लागि ज्ञानको पात्र बन्नको लागि दीनताको धारणा गर्नुपर्छ । अभिमान रहित भएर गुरु दरबारमा सेवा गर्नुपर्छ । त्यसैले भनियो

जब मै था तब हरी नहिं, अब हरी है मै नहि।
प्रेम गली अति सांकारी, ता मे दो ना समाय।।

यो प्रेमको गल्ली यति साघुरो छ, यो भक्तिको मार्ग यति सङ्कीर्ण छ कि यसमा दुई चीज अट्न सक्दैन । यो त एक दाप जस्तो हो जसमा दुई खुकुरी अट्न सक्दैन । यसमा कि त म नै म (अभिमान) रहनेछ वा प्रभु मात्र । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ