- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पोर्चुगिच फुटबल स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रेकर्ड राखेका छन् । उनले युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन २० भन्दा बढी गोल गर्ने रेकर्ड राखेका हुन् । त्यसैगरी उनले लिगमा ६ सय लिग खेलसमेत पूरा गरेको रेकर्ड बनाएका छन् ।
इटालियन सिरी ए बाट खेल्दै आएका रोनाल्डोले मंगलबार राति गोल गरेपछि उक्त रेकर्ड राखेका हुन् । डिफेन्डिङ च्याम्पियन युभेन्ट्सबाट खेल्दै आएका उनले मंगलबार राति भएको खेलमा स्पेजिया विरुद्ध गोल गरेका हुन् ।
उक्त खेलमा रोनाल्डोको टिम ३–० गोल अन्तरले विजयी भयो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोसँगै अल्भारो मोराटा र फेडरिको चिइसाले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको युभेन्ट्सले ६२ औं मिनेटमा मोराटाको गोलबाट अग्रता बनाएको थियो । ७१ औं मिनेटमा फेडरिको र ८९ औं मिनेटमा रोनाल्डाले गोल गरेका थिए ।
यो जितपछि युभेन्ट्सले लिगको शीर्ष दुई क्लबसँगको अंक दू कम गर्न सफल भएको छ । तेस्रो स्थानको युभेन्ट्सले २४ खेलमा ४९ अंक जोडेको छ ।
शीर्ष स्थानको इन्टरमिलानको ५६ तथा एसी मिलानको ५२ अंक रहेको छ ।