arrow

मृत्युपछि हामी कहाँ जान्छौं ?

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
after-deaths.jpg

काठमाडौँ । विगतका जीवनका अनुभवहरूका असङ्ख्य अभिलिखित अनि अनुसन्धान गरिएका घटनाहरू स्पष्ट रूपले मृत्युपछि जीवनको सङ्केत दिन्छ । पुनर्जन्मको सबै घटनाहरूमा व्यक्तिको मृत्यु अनि पृथ्वीमा उनको पुनर्जन्म बिच एक चरम अन्तराल पाइएको छ । त्यसो भए, हामी मृत्युपछि पृथ्वीमा पुनर्जन्म हुने समयसम्म कहाँ रहन्छौँ ? के अस्तित्वको लागि एउटा मात्र लोक छ अथवा विविध लोकहरू छन् ? यदि छ भने कुन घटकहरूले यो निर्धारित गर्छ, हामी मृत्युपछि कहाँ जान्छौँ ? यो लेखमा हामी यसको उत्तरको साथै यस शीर्षकसँग जोडिएको अन्य प्रश्नका उत्तर प्रस्तुत गरिरहेका छौँ ।  छैटौँ इन्द्रियको विकास भएका एसएसआरएफका आध्यात्मिक साधकहरूले दिएको यी उत्तरहरू यहाँ राखिएको छ ।

मृत्युपछि के हुन्छ ?
आध्यात्मिक अनुसन्धान अनुसार मनुष्यमा निम्नलिखित चार मूलभूत देह हुन्छ । शारीरिक (स्थूल देह), मानसिक(मनोदेह), बौद्धिक (कारण देह), सूक्ष्म अहम् (महाकारण देह) तल दिएको चित्र मनुष्य शरीरको रचना तस्बिर रूपमा देखाउँछ ।

मृत्युपछि हामी कहाँ जान्छौं ?

जब मनुष्यको मृत्यु हुन्छ तब भौतिक शरीरको अस्तित्व समाप्त हुन जान्छ; तर अन्य घटकहरू अनि चेतनाको अस्तित्व शेष रहन्छन् । भौतिक शरीरको अतिरिक्त मनुष्यको अस्तित्वको अन्य घटकहरू- सूक्ष्म शरीर (लिङ्ग देह), मनोदेह, कारण देह (बुद्धि) अनि महाकारण देह (सूक्ष्म अहम्) बाट बनेकोलाई सूक्ष्म देह भनिन्छ । यो सूक्ष्म शरीर भूलोक (पृथ्वी) छोडेर अन्य १३ सूक्ष्म लोकहरू मध्ये कुनै एउटा लोकमा जान्छ ।

ब्रह्माण्डमा अस्तित्व मुख्य १४ लोकहरू छन् । ती मध्य ७ लोकहरू सकारात्मक (उच्च लोक) हुन् अनि ७ नकारात्मक हुन् । अस्तित्वको ७ नकारात्मक लोकहरूलाई सामान्यतया नरक (पाताल) भनिन्छ । यी मुख्य लोकहरूमा धेरै अन्य उपलोकहरू हुन्छन् ।

८-९ शताब्दी ईसा पूर्व मा आदि गुरु आदि शङ्कराचार्य अनुसार धर्मलाई वर्णन गरेका छन् । उनका अनुसार धर्म त्यो हो जुन सामाजिक व्यवस्था उत्कृष्ट स्थितिमा राख्दछ, प्रत्येक व्यक्तिको भौतिक उन्नतिमा सहायक गर्छ, अनि आध्यात्मिक क्षेत्रको प्रगतिमा पनि सहायक हुन्छ ।

अस्तित्वको सात सकारात्मक लोकहरू : यी लोकहरूमा अधिकतर जीवित मनुष्य अनि सूक्ष्म देहहरु रहन्छन् जो धर्माचरण गर्दछन् अनि सकारात्मक साधना मार्ग अपनाएर साधनारत रहन्छन् । यी लोकहरूलाई अस्तित्वको सात सकारात्मक स्तरहरू अथवा सप्तलोक भन्दछ । सकारात्मक साधना मार्ग त्यो हो जसमा साधनाको दिशा ईश्वर प्राप्ति तर्फ हुन्छ । यो आध्यात्मिक प्रगतिको उच्चतम शिखर हो ।

ब्रह्माण्डमा पृथ्वी (भूलोक) नै भौतिक अस्तित्वको एक मात्र लोक हो । यो ब्रह्माण्डको सकारात्मक लोकहरू मध्ये पद क्रममा प्रथम स्थानमा छ ।

अस्तित्वको सात नकारात्मक लोकहरू (पाताल लोक) : यो अस्तित्वको त्यो लोकहरू हुन् जहाँ अधिकतर यस्तो सूक्ष्म देहहरु रहन्छन् जसले धर्म विरोधी कृत्य गरेका हुन्छन् अनि जो साधनाको लागि नकारात्मक साधना मार्ग अपाउछन् । नकारात्मक साधना मार्ग भन्नाले त्यो हो जसको दिशा हुन्छ- आध्यात्मिक बल, उदा.सिद्धि प्राप्ति । प्राथमिक स्तरमा आध्यात्मिक बलको प्रयोग अरूमाथि आफ्नो नियन्त्रण बढाउनको लागि अथवा नकारात्मक उद्देश्य पूर्तिको लागि गरिन्छ । नरकको कुनै पनि लोकहरूमा जाने सूक्ष्मदेहहरु आफ्नो अनिष्ट हेतुको कारण अनिष्ट शक्ति बन्न जान्छन् ।

पातालको उप-लोक : पातालको प्रत्येक लोकको उपलोक हुन्छ जसलाई नरक भन्दछ । उदाहरणार्थ, पातालको पहिलो लोकको उपलोकलाई प्रथम नरक भनिन्छ । नरक दुष्टतम अनिष्ट शक्तिहरूका लागि (भूत, प्रेत, पिशाच इ.का लागि) आरक्षित हुन्छन् । जुन अनिष्ट शक्तिहरू प्रथम नरकमा रहन्छन् उनीहरूलाई पातालको पहिलो लोकमा रहने अनिष्ट शक्तिहरूको तुलनामा अधिक कालावधि सम्म अनि अधिक कठोर दण्ड भोग्नु पर्दछन् ।

तल दिएको चित्रमा ब्रह्माण्डको १४ लोकहरू देखाएका छन् ।

यस चित्रमा सरलताको लागि हामीले एउटा माथि अर्को लोक दिइएको छ, तर वास्तवमा यी लोकहरू सबै दिशामा हाम्रो चारैतर्फ विद्यमान छन् । पृथ्वी (भूलोक) मूर्त (ठोस) हुनुको कारण देखिन्छ । तर अन्य लोक उत्तरोत्तर अधिकाधिक सूक्ष्म हुँदै जान्छन्, त्यसैले स्थूल आँखालाई देखिँदैन । वास्तवमा व्यक्ति भूलोकमा (पृथ्वीमा) रहँदा पनि आफ्नो आध्यात्मिक स्तर अथवा विचारको कारण अन्य लोकहरूको अनुरूप विचार अनि भावनाहरू अनुभव गर्न सक्छ ।

उदाहरणार्थ, ७०% भन्दा अधिक आध्यात्मिक स्तरको सन्तको अस्तित्व, स्वर्गलोक तथा त्यस भन्दा उच्च सकारात्मक लोकमा हुन्छ । यसको विपरीत, चोरीको विचार गर्ने प्रथम पातालको विचार अनुभव गर्दछ, अर्कालाई हानि पराउन चाहने विचार गर्ने दोस्रो पातालको विचारको अनुभव गर्दछ अनि कसैको हत्याको विचार गर्ने सातौँ पातालको विचारको अनुभव गर्दछ । कहिले पनि कुनै दुइटा लोकहरूको अनुभव एक-साथ हुन सक्दैन । उदाहरणार्थ, स्वर्ग अनि महलोक अनुरूप विचार एउटै समयमा आउन सक्दैन ।

वास्तवमा भुवलोक ईश्वरदेखि विमुख क्षेत्र हो; तर पनि हामीले यो लोकलाई सकारात्मक दुखाएका छौँ किनकि यहाँको सूक्ष्म देहलाई आध्यात्मिक प्रगति गर्नको लागि पृथ्वीमा जन्म लिने अवसर मिल्न सक्छ । जब एक पल्ट कुनै सूक्ष्म देह पातालको गहिराइमा झर्दछ, तब उ  पृथ्वीमा जन्म लिने अनि ईश्वर प्राप्तिको लागि अगाडि बढ्ने सम्भावना अल्प हुन्छ ।

रङ्ग- संयोजन (colour scheme) को स्पष्टीकरण
पृथ्वीलाई लालिमा- युक्त दर्साएको छ किनकि यो क्रियाशीलता (रजोगुण) दर्साउँछ, अनि यो एउटै लोक हो जहाँ हामीसँग केही गर्नको लागि स्थूल देह हुन्छ । स्वर्गलाई गुलाबी दर्साएको छ जुन सुखको सूचक हो । पहेँलो रङ्ग आध्यात्मिक ज्ञान अनि स्वगुणमा (सूक्ष्म मूल सत्त्व घटकमा) वृद्धिको सूचक हो । अन्तमा उच्चतम स्तरमा यो लगभग श्वेत हुन जान्छ जुन अप्रकट ईश्वरीय तत्त्वसँग घनिष्ठताको सूचक हो । पातालको लोकहरू गहिरो रङ्ग देखि लिएर कालो रङ्गमा दर्साएका छन्, किनकि यहाँ तमोगुणमा वृद्धि हुन्छ ।

ब्रह्माण्डमा स्वर्ग अनि अन्य उच्चलोकहरु


टिप्पणी : (माथिको तालिकामा रातो रङ्गमा दएको अङ्कको आधारमा)

१. पृथ्वी भन्दा (स्थूल लोक भन्दा) अरू सबै सकारात्मक अनि नकारात्मक (पाताल) लोक उत्तरोत्तर सूक्ष्म हुँदै जान्छन् । सूक्ष्म अर्थात् हाम्रो पञ्च ज्ञानेन्द्रिय, मन अनि बुद्धिको समझ भन्दा टाढा । सत्यलोक सूक्ष्मतम छ अर्थात् सर्वाधिक बोध- अगम्य छ त्यसैले यसलाई अनुभव गर्न अथवा बुझ्न सर्वाधिक कठिन हुन्छ । जब छैटौँ इन्द्रियको क्षमता सर्वोच्च हुन्छ, तब सत्यलोक अनुभव गर्न सक्छ ।

२. साधनाको अभावमा आजको युगमा अधिकतर मानिसहरू भुवलोक अथवा पातालको कुनै लोकमा जान्छन् । साधारणता जब पापको मात्रा (पृथ्वीमा गरिएको कुकर्मको कारण) लगभग ३०% हुन्छ तब व्यक्ति मृत्युपछि भुवलोकमा जान्छ । पापमा विशेषरूपीले अरू प्रति दुर्भावना अनि धेरै इच्छाहरू समाविष्ट हुन्छन् । भुवलोकमा पातालको तल्लो उच्च लोक- स्तरका अनिष्ट शक्तिहरूद्वारा आक्रमणको पूर्ण सम्भावना हुन्छ ।

३. केवल भूलोकमा (पृथ्वीमा) विभिन्न आध्यात्मिक स्तरहरूका व्यक्तिहरूका सम्मिश्रण हुन्छ । तर मृत्युपछि हामी आफ्नो आध्यात्मिक स्तर अनुसार नै कुनै एउटा सुनिश्चित लोकमा जान्छौँ ।

४. मृत्युपछि स्वर्गको प्राप्तिको लागि न्यूनतम ४०% आध्यात्मिक स्तर हुनुपर्छ । अध्यात्म शास्त्र अनुसार स्वर्ग अथवा उच्च सकारात्मक लोक प्राप्तिको लागि आवश्यक पुण्य कर्म त्यो हो जब कर्म अपेक्षा बिना ईश्वर प्राप्तिको उद्देश्यले गरिन्छ । यसको निम्नलिखित तीन मापदण्ड हुन सक्छ :

कर्तापन रहित कर्म, अर्थात् यो मनोभावले कर्म गर्ने कि ईश्वर नै मबाट गरिरहनु भएको छ त्यसैले म यसको श्रेय लिन सक्दिन ।
कुनै पनि प्रतिष्ठा अथवा प्रशंसाको अपेक्षा रहित कर्म ।
फलको अपेक्षा रहित कर्म । प्रत्यक्ष कर्म भन्दा अधिक महत्त्वपूर्ण छ, कर्मको आधारभूत मनोभाव अथवा दृष्टिकोण ।
यो ध्यान दिनु महत्त्वपूर्ण छ कि केवल ४०% सीमामा रहेका सूक्ष्म देहहरू धेरै जसो नकारात्मक शक्तिले तानेर लैजान सक्छन् त्यसैले भूर्वलेकमा रहन्छन् ।

५. स्वर्गदेखि अगाडिको उच्च लोक पाउनको लागि आध्यात्मिक स्तर ६०% अधिक हुन आवश्यक छ । यो तब सम्भव छ जब हामी नियमित रूपले साधनाको छ: मूल सिद्धान्तहरू अनुसार साधना गर्दछौँ साथै अहम् अधिक मात्रामा कम गर्दछौँ ।

६. प्रमुख देह अर्थात् ती देह जुन सर्वाधिक क्रियाशील छन् जस्तै मन, बुद्धि अथवा सूक्ष्म अहम् । उदाहरणार्थ भुवलोकको सूक्ष्म देहमा अनेक इच्छाहरू अनि आशक्तिहरू रहन्छन् । परिणामस्वरूप, अनिष्ट शक्ति बन्न गई आफ्नो वंश अथवा पृथ्वीमा रहेका व्यक्तिद्वारा इच्छा पूर्ण गर्दछन् । यसले  गर्दा उनीहरू खुल्ला हुन जान्छन् पातालको तल्लो लोकको नर्कको उच्च- स्तरको अनिष्ट शक्तिहरूका लागि, जो आफ्नो इच्छाहरूको फाइदा उठाउन पृथ्वीमा रहेका व्यक्तिहरूलाई प्रभावित गर्दछन् ।

७. भुवलोकमा सूक्ष्म देह दुःख मात्रा अनुभव गर्दछ किन कि उनको इच्छाहरू पूर्ण हुँदैन।

८. स्तर जसलाई स्वर्ग भन्दछ, त्यहाँ सूक्ष्म देह प्रचुर मात्रामा सुख अनुभव गर्दछ । यो सुख पृथ्वीमा अनुभव हुने भन्दा धेरै गुणवत्ता अनि कालावधिमा अधिक हुन्छ । जसरी- जसरी हामी सकारात्मक लोकहरुका माथि तर्फ बढ्दछौँ सुखको गुणवत्ता बढ्दै जान्छन् अनि दुःख हुँदैन ।

९. सात्त्विक सुख त्यो हो जुन बिना अपेक्षा अरूको सहायता गर्नाले मिल्दछ । जब कर्ममा अहम्को सहभागी हुन्छ, तब त्यो राजसिक बन्न जान्छ ।

१०. शान्तिको अनुभव आनन्दको अनुभव भन्दा उच्च श्रेणीको हुन्छ ।

अस्तित्वको सकारात्मक लोक अनि पृथ्वीमा पुनर्जन्म
महलोक भन्दा तलको लोकको व्यक्ति आफ्नो प्रारब्ध भोग्न अनि लेन- देन पूर्ण गर्नको लागि पृथ्वीमा जन्म लिनु पर्दछ । यदि मृत्युपछि उच्च आध्यात्मिक स्तरको कारण जनलोक अथवा तपलोक प्राप्त गर्दछ उनले पुनर्जन्म लिन आवश्यकता पर्दैन किनकि उसको बाँकी रहेको प्रारब्ध त्यही लोकमा पूरा गर्न सक्छ । तथापि यस्तो उन्नत सूक्ष्म देह आफ्नो इच्छाले जन्म लिन सक्छ । उनको व्यापक प्रकृतिको कारण मुख्यतः मानव जातिलाई आध्यात्मिक मार्गदर्शन गर्नको लागि तथा समाजलाई आध्यात्मिक रूपमा अगाडि बढाउन मद्दत गर्नको लागि गर्दछ ।

केही परिस्थितिमा जो व्यक्तिको ६०% भन्दा कम आध्यात्मिक स्तरमा मृत्यु हुन्छ, उनी महलोक प्राप्त गर्न सक्छ । यहाँ व्यक्तिको आध्यात्मिक प्रगतिको क्षमतालाई विचार गरिन्छ । आध्यात्मिक अनुसन्धानको आधारमा यो पाएको छ कि आध्यात्मिक उन्नतिको क्षमतामा सहायक पाँच कारक निम्नलिखित छन् ।

अत्यधिक भाव, अल्प अहम्, आध्यात्मिक उन्नतिको तीव्र इच्छा, उत्तरोत्तर उच्चतर स्तरमा नियमित रूपले साधना गर्ने,
अनिष्ट शक्तिले प्रभावित हुने अथवा नहुने । अनिष्ट शक्तिले प्रभावित अथवा अवशोषित व्यक्तिको आध्यात्मिक उन्नति गम्भीर रूपले अवरुद्ध हुन सक्छ । मृत्युपछि त्यस्तो सूक्ष्मदेहको आध्यात्मिक स्तर ६०% हुँदा पनि सूक्ष्म उच्च लोक जानको लागि नकारात्मक शक्तिले बाधा ल्याउन सक्छ ।

भूलोकको (पृथ्वीको) महत्त्व
भूलोक (पृथ्वी) अति महत्त्वपूर्ण छ । यो एक मात्र लोक हो जहाँ शीघ्र आध्यात्मिक प्रगति गर्न सक्छ अनि लेन- देन अल्पावधिमा पूर्ण गर्न सक्छ । यसको मुख्य कारण यो हो कि आफ्नो स्थूल देहको माध्यमले आध्यात्मिक स्तर बढाउनको लागि आध्यात्मिक प्रगतिको लागि पोषक अनेक प्रयासहरू गर्ने एवं तमोगुण अल्प गर्न सक्छौँ ।

पृथ्वी अतिरिक्त आध्यात्मिक प्रगतिको सम्भावना स्वर्ग भन्दा अगाडिको उच्च लोकहरूमा हुन्छन् जस्तै- महलोक इत्यादि । किनकि सूक्ष्म देह स्वर्गमा उपलब्ध अनन्त सुखमा अड्किने आशङ्का रहन्छ । भुवलोक अनि नरक लोकहरूमा कठोर दण्ड तथा उच्च स्तरको अनिष्ट शक्तिको पीडा भन्दा माथि उठी साधना गर्नु अत्यन्त कठिन हुन जान्छ ।

पाताल के हो, पातालमा को जान्छ अनि पातालको स्वरूप कस्तो हुन्छ?

 

जसरी- जसरी कोही नरकको तल्लो स्तरमा जान्छ, सत्वगुण क्रमशः घट्दै जान्छ अनि फलस्वरूप सुख अनुभवको लागि वातावरणको अनुकूलता पनि घट्दै जान्छ । पातालको स्तरमा कुनै अनिष्ट शक्ति यस्तो हुन्छ, जो आध्यात्मिक बल प्राप्त गर्नको लागि विशिष्ट साधना गर्दछ । अनिष्ट शक्तिहरू मध्ये, नरकको सातौँ स्तरको मान्त्रिक सर्वोच्च श्रेणीको हुन्छ । उनको आध्यात्मिक शक्ति लगभग ९०% आध्यात्मिक स्तर भएको सन्तको समान हुन्छ । उनको नियन्त्रण निम्न आध्यात्मिक स्तर भएका सबै प्रकारको अनिष्ट शक्तिमाथि हुन्छ ।

जसरी जसरी नरकको स्तरको गहिराइमा जान्छ, अर्थात् १ देखि ७ सम्म, सूक्ष्म देहको लागि सुख प्राप्ति घट्दै जान्छ अनि दुःखको मात्रा बढ्दै जान्छ । पछिल्लो जन्मको सकारात्मक प्रसङ्ग अथवा कुनै पछिल्लो जन्मको समृद्धिको मनोहर स्मृतिको कारण सुख न्यूनतम अनुभव हुन्छ । पछिल्लो जन्मको शारीरिक पीडा अनि अपमानजनक प्रसङ्ग, अपूर्ण इच्छा- जस्तै शिक्षा, घरबार, व्यवसाय, महत्त्वाकाङ्क्षा, आफ्नो बच्चाहरूबाट अपेक्षा, यी स्मृतिका कारण दुःख अनुभव हुन्छ ।

पातलको विभिन्न लोकमा तथा त्यस सम्बन्धित नरकमा जुन दण्ड अथवा पीडा झेल्नु पर्छ, त्यसको मात्रा पाताल तथा सम्बन्धित नरकको साथ उत्तरोत्तर बढ्दै जान्छ । साथै, प्रत्येक नरकमा जुन दण्ड भोग्नुपर्छ, त्यसको अवधि पातालको सम्बन्धित लोक भन्दा अधिक हुन्छ । यदि हामी पातालको पहिलो लोकको दण्ड १००% मान्यौँ भने त्यससँग सम्बन्धित नरकको पहिलो लोकमा दण्ड ५०% अधिक अर्थात् १५०% मिल्दछ ।

निम्नलिखित तालिकामा पातालको विभिन्न लोकहरूमा अनुभूत सुख अनि दुःखको औसत तीव्रता, उदाहरणको विवरण सहित प्रस्तुत छ ।

मृत्युपछि हामी कहाँ जान्छौँ, यो केमा निर्भर गर्दछ ?ब्रह्माण्डको सूक्ष्म लोकहरूमा आवागमन
कुनै पनि व्यक्ति उनको मूलभूत प्रकृति अनुरूप (सत्त्व, रज अनि तमोगुण अनुसार) लोक मिल्दछ । यो व्यक्तिको आध्यात्मिक स्तरमा निर्भर गर्दछ । त्यसैले तल्लो सकारात्मक लोकको सूक्ष्म देह माथिल्लो सकारात्मक लोकमा जान सक्दैन अनि पहिलो तथा दोस्रो नकारात्मक लोकको सूक्ष्म देह नरकको गहिराइमा जान सक्दैन । यो यस प्रकार जस्तै हो, तराई भागमा बस्ने मानिसलाई उचाइमा श्वास लिन गाह्रो हुने, तर पहाडमा रहने मानिस सहजतासँग श्वास लिन सक्छ ।

मृत्युको समय जब स्थूल देह निष्क्रिय हुन जान्छ, तब शरीरको कार्यको लागि प्रयोग हुने प्राण शक्ति ब्रह्माण्डमा मुक्त हुन जान्छ । यो प्राण शक्ति, मृत्युको समय सूक्ष्म देहलाई पृथ्वी भन्दा टाढा जानको लागि धकेली दिन्छ (ऊर्जा प्रदान गर्दछ) । जस्तै प्रक्षेप्य (projectile) को भार यो निर्धारित गर्दछ कि रकेटलाई कति टाढासम्म फ्याँक्न (प्रक्षेपण गर्न) सक्छ, यसै प्रकारले सूक्ष्म देहको भार यो निर्धारित गर्दछ कि देह मृत्युपछि कुन सूक्ष्म लोकमा जान्छ । सूक्ष्म देहको भार प्रमुखताले जीवमा विद्यमान तमोगुणको मात्रामा निर्भर हुन्छ ।

त्रिगुण (३ सूक्ष्म मूलभूत घटक) : प्रत्येक व्यक्ति ३ सूक्ष्म मूलभूत घटकले अथवा गुणले बनेको हुन्छ । यो गुण आध्यात्मिक स्वरूपको हुन्छ अनि अदृश्य हुँदा पनि यसले हाम्रो व्यक्तित्व परिभाषित गर्दछ ।

सत्त्व : आध्यात्मिक पवित्रता एवं ज्ञान
रज : कर्म (क्रियाशीलता एवं वासना)
तम : अज्ञान एवं निष्क्रियता । आजको युगमा कुनै पनि सामान्य व्यक्तिमा तमोगुणको मात्रा ५०% सम्म हुन्छन् ।

हामीमा रज अनि तमोगुण जति अधिक मात्रामा हुन्छन्, त्यति नै हामीमा निम्नलिखित लक्षण प्रदर्शित हुन्छन् जुन हाम्रो सूक्ष्म देहका भार बढाउँछन् अनि यो निर्धारित गर्दछन् कि मृत्युपछि हामी कुन लोकमा जान्छौँ ।

सांसारिक विषय प्रति अत्यधिक आशक्ति अनि स्वार्थी वृत्ति
अधिक अतृप्त इच्छाहरू (वासना)
प्रतिशोधको भावना
अधिक मात्रामा पाप अथवा अनुचित कर्म
अधिक स्वभाव दोष जस्तै- क्रोध, लोभ, भय
अधिक अहम् : अहम् अर्थात् अन्तरात्माको अपेक्षा आफ्नो देह, मन अनि बुद्धिसँग तादात्म्य ।
परिणामस्वरूप अल्प आध्यात्मिक स्तर
तमोगुणको मात्रामा अनि माथि उल्लेखित सम्बन्धित लक्षणहरूका स्थायी गिरावट, अध्यात्मको छः मूलभूत सिद्धान्तमा आधारित साधनाबाट सम्भव हुन्छ । स्वयं- सहायता पुस्तकको आधारबाट मानसिक सुधार अथवा राम्रो व्यवहार गर्नु, यो सतह अनि अस्थायी उपाय हो ।

मृत्युको समय मानसिक स्थितिको महत्त्व
माथि उल्लेखित घटकहरूको साथ मृत्युको समय हाम्रो मानसिक स्थिति धेरै महत्त्वपूर्ण हुन्छ । हाम्रो मानसिक स्थिति साधारणता हाम्रो त्रिगुणको मात्रामा निर्भर गर्दछन् ।

जो व्यक्ति मृत्युको समय नाम जप गर्दैन, यसको तुलनामा साधना (उदा. ईश्वरको नाम जप) गर्ने व्यक्तिमा इच्छा, वासना, आशक्ति, भूत आदि का दुष्प्रभाव न्यूनतम हुन्छ । परिणामस्वरूप उनको सूक्ष्म देह हलुका हुन्छ । त्यसैले मृत्युको समय नाम जप नगर्नाले जुन लोक प्राप्त हुन्छ, त्यसको तुलनामा नाम जप गर्नाले उच्च उप- लोकको प्राप्ति हुन्छ ।

यदि मृत्युको समय व्यक्ति नाम जप गरिरहेको छ अनि ईश्वरको इच्छा प्रति समर्पित छ, तब मृत्युपछि अझै राम्रो लोकको प्राप्ति हुन्छ अनि उसको यात्रा विहङ्गम गतिसँग हुन्छ । किन कि त्यो व्यक्ति भूलोकमा (पृथ्वीमा) नै शरणगत भावमा हुन्छ, मृत्युपछि उसको अहम् बढ्ने आशङ्का अल्प हुन्छ अनि मृत्युपछि उनको कुशल- मङ्गलको सम्पूर्ण दायित्व आध्यात्मिक दृष्टिले उन्नत आध्यात्मिक मार्गदर्शक (गुरु) निभाउँदछन् ।

नरकमा को जान्छ ?
सामान्यतः पृथ्वीमा गरिने निम्नलिखित कर्मको कारण हामी नरकमा जान्छौँ ।


केवल कर्मको मात्र होइन; कर्मको मात्रा, अवधि अनि उद्देश्य, यी महत्त्वपूर्ण घटक निर्धारित गर्दछन् कि हामी कुन नरकमा जान्छौँ ।

आत्महत्या अनि त्यसपछिको जीवन

समयको आधारमा मृत्यु दुई प्रकारको हुन्छ ।
प्रारब्धअनुसार मृत्यु : यो मृत्युको त्यो क्षण हो जसबाट कोही पनि बच्न सक्दैनन् ।
सम्भावित मृत्यु : यस कालमा मृत्युको आशङ्का रहन्छ । प्रत्येक व्यक्ति मृत्युको निकट हुने अनुभव हुन सक्छ; तर उनको पुण्य कर्मको कारण बचिन्छ ।
मृत्युको प्रकारको अधिक जानकारीको लागि कृपया सन्दर्भ लेख पढ्नुहोस्- मृत्युको काल

यदि व्यक्ति यस्तो गम्भीर कठिनाइको अनुभव गरिरहेको छ, जसको कुनै हल छैन अथवा तीव्र स्वरूपको स्वभाव दोष छ, तब त्यस्तो समयमा स्वयंको जीवन समाप्त गर्नको लागि सोच्छ । अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच आदि) आत्मघाती व्यक्तिको निराशालाई अझै भड्काएर कहिले काहि व्यक्तिलाई आत्महत्या गर्नको लागि उक्साउँछ, तर आत्महत्या एउटा ऐच्छिक क्रिया हो जो व्यक्तिको प्रारब्धअनुसार सम्भाव्य मृत्युको कालमा हुन्छ ।

भूलोकमा (पृथ्वीमा) मिलेको जीवन ज्यादै अमूल्य हुन्छ अनि प्रधानताले हाम्रो आध्यात्मिक उन्नतिको लागि हामीलाई प्रदान गरेका हुन्छन् । कसैको हत्या गर्नाले उनको साथ हाम्रो कार्मिक लेन- देन जोडिन्छन्; तर आत्महत्या गरी हामी आध्यात्मिक उन्नतिको लागि मिलेको अवसर गुमाउँछौँ अनि स्वयं पापार्जन गर्दछ । यो पापको तीव्रता, आत्महत्याको कारक परिस्थितिको आधारमा भिन्न हुन सक्छ । सामान्य आत्महत्यामा सूक्ष्म देह भुवलोक जान्छ; तर जीवनकालमा गरिएको पापार्जन अनि आत्महत्याको परिस्थितिको आधारमा उनी पातालको तल्लो लोकमा पनि जान सक्छ ।

सन्तको हत्या गर्दा अधिकतम मात्रामा पाप, ०- १०० को स्तरमा यो १०० स्तरको हुन्छ, एउटा साधारण व्यक्तिको हत्या गर्दा ४० स्तरको हुन्छ, एउटा साधारण व्यक्तिको हत्याको तुलनामा स्वयंको हत्या गर्दा ३०% पाप लाग्छ । सामान्यतया आत्महत्या गर्ने व्यक्ति कम आध्यात्मिक स्तरको हुन्छ । उनको आध्यात्मिक स्तर निरन्तर मानसिक चिन्ताको कारण घटेर जान्छ ।

दुई पुनर्जन्ममा समयको अन्तर किन हुन्छ ?
अनुसन्धानको समय हिप्नोटिक ट्रान्स द्वारा व्यक्तिको पहिलाको जन्मको खोज गर्दो यो पायो कि पृथ्वीमा दुई जन्म बीच ५० देखि ४०० वर्षको अन्तराल हुन सक्छ । अन्तरालको कारण यस प्रकार छन् :

सूक्ष्मदेह, स्वर्गमा अथवा भुवलकोमा आफ्नो पाप अनि पुण्य भोग्नको लागि विभिन्न कालावधिको लागि रहन्छ । कर्म- सिद्धान्त अनुसार, अनेक व्यक्तिहरूसँग पहिलाको जन्मको लेन- देन पूर्ण गर्नको लागि पृथ्वीमा अनुकूल वातावरण हुन आवश्यक हुन्छ । सूक्ष्म देहको पुनर्जन्म तबसम्म प्रलम्बित रहन्छ जबसम्म अन्य जीव पनि, जोसँग उनको लेन- देन छ, पुनर्जन्मको तैयारीमा लाग्दैनन् ।

कहिले काहि पहिलाको जीवनको प्रतिगमनको प्रक्रियामा (पास्ट लाइफ रिग्रेशन), सम्मोहित व्यक्तिद्वारा कुनै एक जन्मको जानकारी दिन वाकी रहन्छ । किनकि त्यस जन्ममा कुनै विशेष घटना थिएन अथवा त्यस जन्मको अवधि अल्प थियो । त्यसैले व्यक्तिलाई त्यस जन्मको विवरण स्मरण हुँदैन ।

जुन सूक्ष्म देहलाई नरकको तल्लो स्तरमा पठाइदिन्छ, उनको पुनर्जन्ममा हजारै वर्ष लाग्न सक्छ । उनी नरकको त्यस स्तरमा तबसम्म रहन्छ, जबसम्म पूरा दण्ड भोग्दैन । अधिकांश प्रकरणमा यसको अर्थ मृत्युपछि नरकको लोक, क्षीण अवस्थामा तबसम्म रहनु पर्छ, जबसम्म सृष्टिको लय हुँदैन ।

मृत्युपछिको जीवन
विभिन्न लोक बारे माथि दिएको जानकारीबाट यो स्पष्ट हुन्छ कि हामी आफ्नो जीवन कुन प्रकार व्यतीत गर्दछौँ, त्यस अनुरूप हामी मृत्युपछिको जीवनमा परिणाम भोग्नु पर्दछ । केवल साधना अथवा पुण्यकर्मीको पराकाष्ठाले नै हामी उच्च लोकमा जान सक्छौँ साथै दुःख अनि दण्डबाट बचेर उच्च श्रेणीको सुख अनुभव गर्न सक्छौँ । पृथ्वीमा पुनर्जन्म लिएर साधना गर्नको लागि अनुकूल वातावरण पाउने सम्भावना पनि अधिक हुन्छ । यो यस कारण हो कि व्यक्ति ब्रह्माण्डको सूक्ष्म सकारात्मक लोकमा जान सक्छ । जसरी-जसरी वर्तमान कलियुग (सङ्घर्षको युग) अगाडि बढ्दछ, व्यक्तिद्वारा सकारात्मक लोकमा जाने सम्भावना घट्दै जान्छ ।

जब हामी भुवलोक अथवा पातालको तल्लो लोकमा जान्छौ त्यहाँ अनेक शताब्दीका लागि तीव्र पीडा सहनुपर्छ जबसम्म आफ्नो सबै पाप- कर्मको लागि कठोर दण्ड भोगेर पूर्ण हुँदैन अनि पृथ्वीमा पुनर्जन्म लिने अवसर मिल्दैन ।

पृथ्वीमा अध्यात्मको ६ मूलभूत सिद्धान्त अनुसार निरन्तर साधना गर्नु, यस युगमा प्रवाहको विपरीत दिशामा तैरिने जस्तै हो; तथापि यो मृत्युपछिको जीवनमा, उत्तरोत्तर सकारात्मक लोकतर्फ बढ्ने निश्चित मार्ग हो ।

वेबसाइट: स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एस एसआरफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ