जति दिन यो सरकार रहन्छ तबसम्म संसद्लाई तिरस्कार गर्ने क्रम जारी रहन्छ: गगन थापा
प्रकाशित २०७७ चैत १० मंगलबार
705
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जति दिन यो सरकार रहन्छ त्यतिदिन नै संसदलाई तिरस्कार र उपेक्षा गर्नेक्रम जारी रहने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै थापाले कहिले प्रश्न छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग अनि अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने बनाउन संसदलाई कामहीन बनाउने प्रपन्च रच्ने गरिएको बताए ।
थापाले भने, यो विधेयक अधिवेशनमा काम गर्न तयार रहेका छौं, एसिड आक्रमण गर्नेलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने तर संसदमा विधेयक बनाउन नदिने ? अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने ?’
उनले अगाडि भने, हामी स्पष्ट छौं, जतिदिन यो सरकार रहन्छ तबसम्म यो संसदलाई तिरस्कार रहनेक्रम जारी रहन्छ ।’ संसद र सांसदको अपमान मात्र होइन जनताको अपमान भइरहेकाले आफूहरु जनताका पक्षमा डटेर लड्ने प्रतिवद्धता पनि जनाए ।