arrow

ब्रिटेन इयुबाट छुट्टियो, स्कटल्याण्ड ब्रिटेनबाट छुट्टिने विधेयक तयार

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
scotland-flg.JPG.jpeg
एजेन्सी । ब्रिटेन युरोपियन युनियन इयुबाट छुट्टिएपछि विश्व अर्थतन्त्रमा असर परेको छ । यस्तै, ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामाको घोषणा गरेका छन् । युरोपियन युनियनमा रहिरहने पक्षमा मतदान गरको स्कटल्याण्डका पहिलो प्रधानमन्त्री निकोला स्टरजनले सरकार एक निर्णायक विधेयक तयार गरिरहेको बताएका छन् । सो विधेयक ब्रिटेनबाट स्कटल्याण्ड छुट्टिनका लागि फेरि जनमत संग्रह हुन सकोस् । 
 
सन् २०१४ मा स्कटल्याण्ड छुट्टै देश बन्ने या नबन्ने भन्नेबारे जनमत संग्रह हुँदा ‘छुट्टै देश बन्ने’ पक्षमा ५ प्रतिशत मत पुगेन ।  ‘छुट्टै देश’का लागि वकालत गर्ने पार्टिका नेताले डेभिड क्यामरुन जस्तै तुरून्तै नैतिकका आधारमा राजीनामा दिएका थिए । उता, फ्रेन्च राष्ट्रपति फ्रास्वाँ ओलाण्डले यूरोप अब पहिलो जस्ता नरहने बताएका छन् । उनले ब्रिटेनको जनमत संग्रहको नतिजापछि ट्वीट गर्दै भने, ‘यूरोप अब पहिले जस्तो रहन सक्दैन ।’ ब्रिटेनका नागरिकले इयुबाट बाहिरिने वा नबाहिरिने भन्नेबारे भएको जनमत संग्रहमा उत्साहपूर्वक भाग लिई बाहिरिने पक्षमा निर्णय लिएका हुन् । 
 
यसैबीच, अन्तर्राष्ट्रिय मुद्राकोष आइएमएफ की प्रबन्ध निर्देशक क्रिष्टिन लगार्डले आइएमएफ ब्रिटेनको इयु छोड्ने फैसलापछिको परिस्थितिबारे निकै संवेदनशील भएको बताएकी छन् । विहिबार भएको ऐतिहासिक जनमत संग्रहमा युरोपेली युनियन (इयु) बाट छुट्टिएने पक्षमा बढी मत आएपछि युनाइटेड किन्डम यूके ४३ वर्षपछि इयुबाट छुट्टियो ।
 
जहाँ रहिरनु पर्दछ भन्ने पक्ष २ प्रतिशतले हारेको छ । यस्तै, ब्रिटेन इयुबाट अलग भएपछि अर्थ बजारमा असर परेको छ । विश्वका कयौं मुख्य बैंकहरुले यसको सामना गर्न कठिन चुनौती उठाउनु पर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ