arrow

विश्वव्यापीकरण भइरहेको संसारमा एक्लै बसेर समाधान खोज्नु चुनौतीपूर्ण : जर्मन चान्सलर

नयाँ यात्रामा जहाजलाई क्याप्टेनका रुपमा अगाडि बढाउन म योग्य छैन : डेभिड क्यामरुन

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
germany-eu-UK.jpg.jpeg
युनाइटेड नेसन (संयुक्त राज्य अमेरिका)। करिब ५२ प्रतिशत बेलायती जनताले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने पक्षमा मतदान गरेपछि संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले शुक्रबार प्रतिक्रिया दिँदै बेलायती जनमत सङ्ग्रहको नतिजापछि पनि ईयू र बेलायत दुवै राष्ट्रसङ्घका असल साझेदार रहने बताएका छन्।
 
एक विज्ञप्ति जारी गर्दै राष्ट्रसङ्घ प्रमुखले विकास र मानवीय सहयोग, शान्ति, सुरक्षालगायत आप्रवासी समस्या सम्बन्धमा एउटा असल साझेदारका रुपमा ईयू प्रस्तुत हुनेमा विश्वास व्यक्त गरेको हो।
 
उनले बेलायतले यसको नेतृत्वलाई विकासलगायतका विभिन्न क्षेत्रमा थप अभ्यस्त गर्दै अगाडि बढ्नेछ भनेका छन्।
 
राष्ट्रसङ्घले ईयू र बेलायत दुवैलाई महत्वपूर्ण साझेदारका रुपमा लिने पनि बताए। ईयूबाट बेलायत बाहिरिने पक्षमा जनमत सङ्ग्रहको नतिजा आएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भने, बेलायती जनताले प्रष्ट निर्णयद्वारा बेलायतलाई नयाँ बाटो हिँड्न सल्लाह दिएका छन्।
 
यसका लागि मुलुकलाई नयाँ नेतृत्वको खाँचो छ। प्रधानमन्त्रीका हैसियतले मुलुकको नयाँ यात्रालाई विस्तारै आगामी महिनामा अगाडि बढाउन सक्दो प्रयास हुनेछ। तर म नयाँ यात्रामा जहाजलाई क्याप्टेनका रुपमा अगाडि बढाउने योग्य रहने छैन।
 
आगामी दिनमा (अक्टोबर पहिले) नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्ने लक्ष्य लिनु आवश्यक भए पनि यसको समयसारिणी आजै तोकिनु आवश्यक भने नभएको बताए।
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेलायत ईयूबाट बाहिरिने नतिजा आए पनि बेलायत र ईयू संयुक्त राज्य अमेरिकाका लागि ‘अपरिहार्य साझेदार’का रुपमा रहने बताएका छन्।
 
बेलायती ‘इन्डिपेन्डेन्स पार्टी’ का प्रमुख नेता निगेल फारेजले जुन २३ (जनमत सङ्ग्रह भएको दिन) लाई स्वतन्त्रता दिवसका रुपमा हाम्रो इतिहासमा उल्लेख गर्नुपर्ने बताएका छन्।
 
उनले भने, बेलायत ईयूमा नरहने धारणा बोतलबाट बाहिरिईसकेको छ। जुन अब चाहेर पनि फिर्ता राख्न सकिँदैन। बेलायतको ईयूसंगको सम्पर्क टुट्यो। ईयूबाट बाहिरियो।
 
त्यसैगरी ईयू प्रमुख डोनाल्ड टस्कले बितेका वर्षहरु ईयू र बेलायतको एकता सम्बन्धमा बहुत जटिल रहे, तर मैले मेरा पिताले मलाई भन्ने गरेको कुरा सधैँ स्मरण गर्नेछु भन्दै थपे, “जुन कुराले तिमीलाई मार्न सक्दैन यसले तिमीलाई बलियो बनाउने छ।”
 
प्रतिक्रिया दिँदै जर्मन चान्सलर एन्जेला मर्केलले जनमत सङ्ग्रहको मत परिणामपछि अब ‘शान्त र सयमित’ रहनुपर्ने बताएकी छिन्।
 
बर्लिनमा दिएको भाषणमा उनीले भनिन्, युरोप, यसका नागरिक र अपेक्षा फरकफरक छन्। ईयूले उसका नागरिकलाई कस्तो सुविधा दिने हो महसुस गराउन सक्नुपर्छ। विश्वव्यापीकरण भइरहेको संसारमा एक्लै बसेर समाधान खोज्नु चुनौतीको कुरा हुन सक्छ।
 
मर्केलले थपीन्, ईयूका संस्थापक पिताहरुले रोम सम्झौतामा निहीत बाटो हिँडेर एकता र शान्ति प्राप्त गरेको इतिहास बिर्सनु हुन्न। उनले बेक्जिटपछिको ईयूबारे छलफलका लागि फ्रान्स, इटालीलगायतका युरोपेली नेताहरुलाई बर्लिन बोलाएकी छिन्।
 
यसैगरी फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बेलायतको ईयूबाट बाहिरिने निर्णयसँगै ईयूको गम्भीर परीक्षा हुने भन्दै ईयू र यसमा आबद्ध सदस्यले यतिबेला संयम बन्दै ऐक्यबद्धता देखाउनु पर्नेछ।
 
इटालीका प्रधानमन्त्री माटेओ रेन्जीले ईयूलाई थप मानवीय र न्यायिक बनाउनुपर्ने भन्दै युरोप आफ्नो घर र भविष्य भएको बतएका छन्। रासस-एजेन्सीहरु 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ