arrow

बेलायत इयुबाट बहिर्गमनको विषयमा वार्ता गर्न जोन केरी लन्डन र ब्रसेल्स जाने

logo
प्रकाशित २०७३ असार १२ आइतबार
kerryjhon.jpg.jpeg
रोम  । अमेरिकी विदेश मन्त्री जोन केरी सोमबार ब्रसेल्स त्यसपछि लन्डन जाने भएका छन् । जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यस विषयमा आफ्ना मित्रराष्ट्रहरुका प्रतिक्रिया बुझ्नको लागि उनि त्यसतर्फ जान लागेको बताइएको छ । 
 
हाल रोमको औपचारिक भ्रमणमा रहेका केरीले समाचारदाताहरु समक्ष भोली ब्रसेल्स र त्यसपछि लन्डन जाने आफ्नो कार्यक्रम रहेको बताएका छन्  ।  प्रायःयुरोपको भविश्यसँग जोडेर हेर्ने गरिएको बेलायतले कम्तीमा पनि छ दशकको इतिहास बोकेको यस संगठनको त्याग गर्ने निर्णय गरेको यो पहिलो देश हो । 
 
गत ४३ बर्षदेखि आवद्ध रहेको युरोपेली सङ्घ (इयु)को सदस्य राष्ट्रका रुपमा अव बेलायत नरहने जनादेश प्राप्त भएको छ । बेलायत सन् १९७३ बाट युरोपेली संघको सदस्यको रुपमा रहँदै आएको थियो । गत बिहीबार इयुको सदस्यका रुपमा बस्ने वा निस्किने भन्ने विषयमा बेलायतमा भएको जनमत सङ्ग्रहमा इयुबाट बाहिरिने मतदानले बहुमत प्राप्त गरेपछि अव बेलायत इयुबाट बाहिरिने भएको छ । 
 
यसरी इयुबाट बहिर्गमन हुने पहिलो युरोपेली शक्ति राष्ट्रमा बेलयातको नाम चढ्ने भएको छ । इयुमा आवद्ध रहिरहनु पर्छ भन्ने विषयमा समर्थन जनाउदै आउनु भएका प्रधानमन्त्री डेभिड क्यामरुनले आफनो पदबाट तीन महिनाभित्र राजिनामा दिने घोषणा गरेका छन् । 
 
बेलायत इयुसँग आवद्ध हुदाँ सुरक्षित हुने र आर्थिक अवस्था पनि बढी राम्रो हुने बताउदै आएका क्यामरुनले देशलाई नयाँ गन्तव्यसम्म पुर्‍याउनका लागि आफ्नो उपस्थिति राम्रो नहुने तर्क दिदै उनले राजिनामाको घोषणा गरेका हुन् । 
 
सन् १९५१ मा ६ वटा राष्ट्र बेल्जियम, जर्मनी, फ्रान्स, इटाली लक्जम्बर्ग र नेदरल्यान्डबीच आर्थिक सहयोग र समन्वय सुरु भई तिनै सहभागी राष्ट्रहरुको सक्रियतामा ६ बर्षपछि सन् १९५७ मा युरोपेली संघ खडा भएको थियो । 
 
बेलायत बाहिरिनु अघि यस संघमा अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएसिया,साइप्रस, जेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, हङ्गेरी, आयरल्यान्ड, इटाली, लात्भिया, लिथुआनिया, लक्जम्बर्ग, माल्टा, नेदरल्यान्ड, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया ,स्पेन ,स्विडेन, बेलायतसहित २८ राष्ट्रको सहभागीता रहेको थियो । 
 
युरोपेली देशहरुको साझा संस्थाका रुपमा रहेको यस संघको साठी वर्षे इतिहासमा यस्तो निर्णय लिई बाहिरिने बेलायत पहिलो राष्ट्र भएको छ । यो निर्णयसँगै बेलायतलाई पनि एकीकृतरुपमा रहने विषयमा चुनौती हुनसक्ने अनुमान पनि बैज्ञानिकहरुले गरेका छन् । 
 
गत शुक्रबार इयुबाट बाहिरिने पक्षमा बहुमत प्राप्त भएको प्रारम्भिक नतिजा आउनासाथ अमेरिकी डलरको तुलनामा स्टर्लिङ्ग पाउण्डको मूल्यमा एक्कासी गिरावट आएको थियो । यो अवमूल्यन ३१ बर्ष अर्थात सन् १९८५ यताकै तल्लो बिन्दुमा झरेको थियो । 
 
त्यसैगरी ईयुबाट बाहिरिने पक्षमा ५२ प्रतिशत मतदान भएको थियो भने आवद्ध भएर बस्नुपर्छ भन्नेमा ४८ प्रतिशत मतदान भएको थियो । बेलायतले युरोपेली संघ छाड्ने निर्णय आएलगत्तै विश्व बजार नै यसको प्रभाव परेको छ । यसै विषयमा छलफल गर्नको लागि अमेरिकी विदेश मन्त्री जोन केरी ब्रसेल्स र लन्डन जान लागेको बताइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ