arrow

भेरी अस्पतालको कोरोना वार्डलाई अध्यक्ष बेहनाले दिए २ सय अक्सिजन सिलिन्डर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
bheri-wada.jpg

नेपालगन्ज । नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा अक्सिजनको अभाव भएको छ । अक्सिजनको अभाव हुन नदिन नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले शुक्रवार भेरी अस्पतालको कोरोना वार्डलाई २ सय वटा अक्सिजन सिलिन्डरको लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

यसअघिको २०७६ र २०७७ सालको लकडाउनमा पनि अध्यक्ष बेहनाले लाखौँको राहत वितरण गरिसकेको छन् । उनले सिमाना बस्ने सुरक्षा फौजलाई समेत आफ्नो व्यक्तिगत तरिकाले आवश्यक सामाग्री सहयोग गरेको थिए ।

अध्यक्ष बेहनाले यस्तो सङ्कटको समयमा आफूले सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताए। अक्सिजनको अभावले कसैको ज्यान नजाओस्। यही कामनाका साथ भेरी अस्पतालमा उपचार गराइरहेका सबै संक्रमितलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

बेहना जस्तै अरू जनप्रतिनिधिमा यस्तो सोच आउनु जरुरी छ। बेलैमा सबै जनप्रतिनिधिले कोरोनाका लागि सहयोग गर्न जरुरी देखिन्छ। अध्यक्ष बेहना नेपालगन्जका जनताका ढुकढुकी समेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ