- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशसभाका दुई सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित दुवै सांसद सत्तारुढ एमालेका भएको बुझिएको छ ।
सत्तारुढ एमालेले नै संसदको स्वाव परीक्षण गरेर मात्र संसद चलाउनुपर्ने माग गर्दै मंगलबारको संसद अवरुद्ध पारेको थियो ।
कोरोना संक्रमण पुष्टि भएका सांसदले अविश्वास प्रस्तावमा मत दिन पाउने भए पनि छलफलमा सहभागी हुन पाउने छैनन् ।
यस्तै संसदका दुई मर्यादापालकमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।