arrow

उपचारका क्रममा नेता रामचन्द्र रिजालको निधन, देउवाद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं ।  भैरहवामा उपचारका क्रममा नेपाली कांग्रेसका  ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य रामचन्द्र रिजालको निधन भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य  रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

तत्कालीन कांग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन भएको थियो ।

सभापति देउवाले सोमवार शोक विज्ञप्तिमार्फत इश्मा गाउँ कार्यसमितिका पूर्वसभापति रिजालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ