arrow

मित्रको निधनको खबरले देउवा मर्माहित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य,  महासमिति सदस्य तथा मित्र गजेन्द्र प्रकाश मल्लको निधनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् ।   सभापति देउवाले मेरा मित्र गजेन्द्र प्रकाश मल्लको निधनको खबरले मलाई अत्यन्त दुःखित र मर्माहत बनाएको छ भनि शोक वक्तव्य जारी गरेको छ  ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै सभापति देउवाले भनेका छन् -“नेपाली काँग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य,  महासमिति सदस्य एवं मेरा मित्र गजेन्द्र प्रकाश मल्लको निधनको खबरले मलाई अत्यन्त दुःखित र मर्माहत बनाएको छ । स्वर्गीय मल्लले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चिर शान्तिको कामना साथ गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल लगायत सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

मल्ल गण्डकी प्रदेश सभा सदस्य मा. भागवत प्रकाशका पिता हुन् । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । हालै मात्र कोरोना सङ्क्रमण भएर पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हो । 

 स्वर्गीय मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्व सदस्य समेत थिए । स्वर्गीय मल्लले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । सामाजिक र विकास निर्माणको क्षेत्रमा समेत उनको सक्रिय योगदान रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ