arrow

टोकियो ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

logo
नारायण न्यौपाने,
प्रकाशित २०७८ असार २३ बुधबार
tokyo-2020-olympic.jpg.jpeg

काठमाडौँ ।  जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगितामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झन्डा फराउने अवसर प्राप्त भएको छ । 

खेलकुद क्षेत्रको विश्वकै सबैभन्दा ठुलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुटिङ विधाकी कल्पना परियार, एथलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह  र जुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्नेछन् । 

नेपालको अनुरोधमा आ–आफ्नो खेल विधामा पुर्‍याएको योगदानका आधारमा उनीहरू पाँचै जना वाइल्ड कार्डमार्फत छनोटमा परेका हुन् । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ