arrow

देउवा प्रधानमन्त्री बन्ने भएपछि गृह जिल्लामा खुसीयाली

logo
टेकराज अवस्थी,
प्रकाशित २०७८ असार २८ सोमबार
ddl-deuba.JPG

डडेलधुरा ।  सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै उनको गृह जिल्ला डडेलधुरामा खुसीयाली मनाइएको छ ।  

जिल्ला सदरमुकाम बागबजारमा भेला भएका नेता कार्यकर्ताले सम्मानित सर्वोच्च अदालतको फैसलाको हार्दिक स्वागत गर्दछौ भन्दै नारा लगाउँदै विजय उत्सव मनाएका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ६ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न निवेदन उपर सुनुवाइ गर्दै सर्वोच्चले सोमवार प्रतिनिधिसभा विघटन संविधानको मूल्य, मान्यता अनुकूल नभएको भन्दै पुनर्स्थापना गर्ने फैसला गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ