- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यही साउन ८ गतेदेखि शुरु हुने टोकियो ओलम्पिकमा भाग लिन नेपालको सेभ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालको टोली शुक्रबार जापान जाँदैछ ।
कोरोना भाइरसको महामारीसँगै खेल तालिका र कार्यक्रमअनुसार चार चरणमा टिम जापान जाँदैछ । उक्त क्रममा पौडीका दुई खेलाडी र प्रशिक्षक यसअघि नै जापान पुगिसकेका छन् ।
दोस्रो चरणमा शुक्रबार सिलवालको नेतृत्वमा १० सदस्यीय टोली जापान जाँदैछ । उनीसँगै दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् । दुई खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार तथा प्रशिक्षकमा जुडोका सूर्यनारायण श्रेष्ठ र सुटिङका असिम यादव रहेका छन् ।
त्यस्तै सिलवालको नेतृत्वमा हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य, टिम लिडर सुनिलकुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सुर्य नारायण श्रेष्ठ रहेका छन् ।
आगामी सोमबार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा पाँच सदसीय टोली र साउन १० गते एथलेटिक्स खेलाडी सरस्वती चौधरी र प्रशिक्षक इन्दिरा मल्लसहित चार जना जानेछन् ।
ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी थिइन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा शुभकामना दिई नेपाली टोलीलाई बिदाइ गरेकी हुन् ।
पुरानो परम्परालाई निरन्तरता दिँदै राष्ट्रपतिद्वारा ओलम्पिक टिमलाई बिदाइ गरिएको हो । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टिमले सहभागिता जनाउँदै छ ।