- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। सन् २०३२ को ओलम्पिक र प्यारालेम्पिक खेल अस्ट्रेलियामा हुने भएको छ ।
बुधवार टोकियोमा बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को बैठकबाट यो निर्णय भएको हो ।
अस्ट्रेलियाको ब्रिसबेनमा ओलम्पिक गर्ने निर्णय आईओसीले स्वीकारेको हो । ओलम्पिकको मिति २३ जुलाईदेखि ८ अगस्टसम्मका लागि प्रस्ताव गरिएको छ ।
यस्तै परालेम्पिकको मिति २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्मको मिति प्रस्ताव गरिएको छ ।
यस वर्षको टोक्यो ओलम्पिकपछि सन् २०२४ को ओलम्पिक पेरिसमा र २०२८ मा अमेरिकामा हुने यसअघि नै तय भइसकेको छ ।