arrow

टोकियो ओलम्पिकः अमेरिकाको कमजोर शुरुआत, ब्रजिलले चीनलाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
tokyo-olympic-football-wome.JPG

काठमाडौं । जापानको टोकियोमा शुक्रबार उद्घाटन हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबल र सफ्ट बल– बेसबलका खेलहरु भने बुधबारदेखि नै भइरहेका छन् । 

महिला फुटबलको पहिलो खेलमै उपाधि दाबेदार अमेरिका पराजित भएको छ । अमेरिका स्वीडेनसँग ३–० गोल अन्तरले पराजित भयो । 

इङ्गल्याण्डले चिलीलाई २–० ले हरायो । ब्रजिलले चीनलाई ५–० ले हरायो । जापानले क्यानाडासँग १–१ को बराबरी खेल्यो । नेदरल्याण्ड्सले जाम्बियालाई १०–३ ले हरायो । 

अष्ट्रेलियाले न्यूजिल्याण्डलाई २–१ ले हरायो । 

बिहीबार स्पेन र इजिप्ट, न्यूजिल्याण्ड र दक्षिण कोरिया, फ्रान्स र मेक्सिको, अर्जेन्टिना र अष्ट्रेलिया, होन्डुरस र रोमानिया, जापान र दक्षिण अफ्रिका, ब्रजिल र जर्मनी तथा आइभरी कोष्ट र साउदी अरेबिया भिड्ने कार्यक्रम छ । 

बेसबलमा जापानले अष्ट्रेलियालाई ८–१ हरायो । अमेरिकाले इटालीलाई २–० ले तथा क्यानाडाले मेक्सिकोलाई ४–० ले हरायो । 

बिहीबार तीन खेल हुँदैछन् । पहिलो खेलमा अमेरिकाले क्यानाडालाई १–० ले हरायो । जापान र मेक्सिको तथा इटाली र अष्ट्रेलिया खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ