- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकको पुरुष फुटबलमा ब्रजिलले जर्मनीमाथि शानदार जित निकालेको छ । ब्रजिलले बिहीबार राति भएको खेलमा जर्मनीलाई ४–२ गोल अन्तरले पराजित गर्यो ।
ब्रजिललाई जिताउन रिचार्लिसनले ह्याट्रिक गरे । त्यस्तै पाउलिन्होले एक गोल गरे । जर्मनीका लागि अचेर र अमिरीले १–१ गोल गरे ।
फ्रान्स भने पराजित भएको छ । फ्रान्स मेक्सिकोसँग ४–१ गोल अन्तरले पराजित गरेको हो । फ्रान्सका लागि गिग्न्याकले सान्त्वना गोल फर्काएका थिए । त्यस्तै कोपा अमेरिका कप च्याम्पियन अर्जेन्टिना पनि पराजित भएको छ । अर्जेन्टिनालाई अष्ट्रेलियाले २–० गोल अन्तरले पराजित गरेको हो ।
यस्तो छ अन्य खेलको नतिजा–
इजिप्ट ०–० स्पेन
न्यूजिल्याण्ड १–० दक्षिण कोरिया
आइभरी कोष्ट २–१ साउदी अरेबिया
होन्डुरस ०–१ रोमानिया
जापान १–० दक्षिण अफ्रिका
टोकियो ओलम्पिकको उद्घाटन खेल भने शुक्रबार हुनेछ । कोरोना महामारीबीच दर्शकविहीन सीमितको उपस्थितिमा उद्घाटन हुनेछ ।