arrow

टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका र एलेक्जेण्डरले बोके नेपालको झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
tokyo-olympic-opening.jpg

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको उद्घाटन भव्य भएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा शुक्रबार बेलुकी विशेष समारोहका बीच टोकियो ओलम्पिक २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।  

उद्घाटनको मार्चपासमा नेपालको झण्डा पौडी खेलाडीद्धय गौरिका सिंह र एलेक्जेन्डर शाहले बोकेका थिए । मार्च पासमा सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भएका थिए ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष ढिला गरी भएको हो । टोकियो ओलम्पिकमा २ सय बढी देशका ११ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।



नयाँ