arrow

टोकियो ओलम्पिकमा कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
tokyo-olympic-nepal-kalpana.jpg

काठमाडौं ।  जापानमा जारी टोकियो ओलम्पिक खेलकुदमा सुटिङकी खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् । कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

शनिबार भएको छनोट चरणमा कल्पनाले आसाका सुटिङ रेन्जमा ६१६.८ स्कोर जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्  । कल्पनाले आफ्नै नामको  राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा २०७७ सालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६१४.५ स्कोर जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

कल्पनाले राष्ट्रिय कीर्तिमान तोडे पनि टोकियो ओलम्पिकको फाइनल चरणमा पुग्न भने असफल भएकी छिन् । शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थानमा बनाउनेमा ५० खेलाडीले खेलेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् ।

टोकियो ओलम्पिकमा नेपालमा पाँच खेलाडी सहभागी रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ