arrow

फुटबलमा अमेरिकाले शानदार जित निकाल्दा ब्रजिल रोकियो बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
tokyo-olympic-football-swed.jpg

काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ‘टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलमा अमेरिकाले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा अमेरिकाले न्यूजिल्याण्डलाई ६–१ गोल अन्तरले पराजित गर्यो । 

अमेरिकाको जितमा रोज लाभेल्ली, लिन्डसे होरन, क्रिस्टिन प्रेस र एलेक्स मोर्गनले एक एक गोल गरिन् । अमेरिकाले दुई गोल आत्मघाती उपहार पाएको थियो ।  

समूह ुजीु मा रहेको अमेरिकाको यो पहिलो जित हो । पहिलो खेलमा अमेरिका स्वीडेनसँग पराजित भएको थियो ।

स्वीडेनले २ खेलमा ६ अंक जोडेको छ । शनिबार नै भएको खेलमा स्वीडेनले अष्ट्रेलियालाई ४–२ गोल अन्तरले हराएको थियो ।

तर ब्रजिलले भने अंक बाँडेको छ । ब्रजिल नेदरल्यान्ड्ससँग ३–३ गोलको बराबरीमा समेटिएको हो । अन्य खेलमा ग्रेट ब्रिटेनले जापानलाई १–० ले र क्यानडाले चिलीलाई २–१ ले हरायो । 

चीन र जाम्बियाले ४–४ गोलको बराबरी खेले । 



नयाँ