arrow

अमेरिकालाई पछि पार्दै चीन लाग्यो अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
tokyo-olympic-corona1.jpg

काठमाडौं । जापानको टोकियोमा आयोजित टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिकालाई पछि पार्दै चीन अगाडि लागेको छ । सोमबार रातिसम्म आयोजक जापान ८ स्वर्णसहित अग्रस्थानमा रहेकामा मंगलबार तेस्रो स्थानमा झरेको छ । 

चीन ९ स्वर्णसहित शीर्ष स्थानमा छ । चीन ९ स्वर्ण, ५ रजत र ७ कास्यसहित २१ पदक बटुलेर शीर्ष स्थानमा पुगेको हो । अमेरिका ८ स्वर्ण, ५ रजत र ८ कास्य गरी २१ पदकसहित दोस्रो स्थानमा छ । 

जापानको ८ स्वर्ण, २ रजत र ४ कास्य रहेको छ । चौथो स्थानको रुसी ओलम्पिक कमिटीे ५ स्वर्ण, ७ रजत र ४ कास्यसहित १६ पदकबाट चौथो स्थानमा छ । ग्रेट ब्रिटेन ४ स्वर्ण, ५ रजत र १ कार्यसहित १० पदकबाट पाचौं स्थानमा छ । 

हालसम्म २५ राष्ट्रले स्वर्णपदक जित्दा ५३ राष्ट्रले पदक जितेका छन् । 



नयाँ