arrow

नेकपा एसको बैठकमा महासचिवदेखि जिल्ला इन्चार्जसम्मका कुरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
madhav-nepal-ncp-united-socialist.jpg
फाइल तस्विर।

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा स्थायी कमिटीले पदाधिकारी , केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी अध्यक्ष, जिल्ला इन्चार्ज चयन बारे छलफल अघि बढेको छ। मङ्गलवारदेखि सुरु बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो।यसअघि चन्द्रगिरीमा भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधानअनुसार अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुने निर्णय भएको थियो ।

उनीहरूसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुने पनि उक्त बैठकले निर्णय गरेको थियो । केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु भने राष्ट्रिय परिषद्बाट चुन्ने प्रस्तावित विधानमा उल्लेख छ ।

स्थायी कमिटीले सोमबार छलफल गरेपछि मङ्गलवार बैठकमा उक्त प्रतिवेदन पेस गरिएको थियो।  नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको उल्लेख गरिएको छ । अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई आजदेखि समूहगत रूपमा छलफल भइरहेको छ। नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको उल्लेख गरिएको छ ।

क्रान्तिका उपलब्धिको रक्षा गर्दै शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने पार्टीको तत्कालीन लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

“यो पार्टी सबै खाले प्रतिक्रियावाद, अवसरवाद र सङ्कीर्णतावादका विरुद्ध तथा सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको पक्षमा रहेको छ । आम जनसमुदायसँग घनिष्ठ सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानता र विभेदको समाप्तिका लागि सङ्घर्ष गर्नु र निःस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीको कर्तव्य हुनेछ”, प्रतिवेदनमा भनिएको छ ।

यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहेको उल्लेख गर्दै मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त रहेको प्रतिवेदनमा बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ