arrow

गर्भपतन अधिकारको माग गर्दै अमेरिकाभर प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
abortion-march-usa.jpg

काठमाडौं । अमेरिकामा गर्भपतन अधिकारको माग गर्दै देशैभर प्रदर्शन भएको छ । अमेरिकाका सबै ५० वटा राज्यमा गर्भपतन अधिकारको माग गदै दशौं हजारको संख्यामा आन्दोलनकारी सडकमा उत्रिएका हुन् । 

उनीहरुले हालै टेक्सास राज्यमा गर्भपतनको अधिकारमा केही परिमार्जन गरिएपछि त्यसको विरोध गर्दै प्रदर्शन गरेका हुन् । टेक्साससँगै अन्य राज्यहरुमा पनि कानून परिमार्जन हुनसक्ने आँकलनसहित त्यस विरुद्ध महिला तथा अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन । 

अमेरिकामा सन् १९७३ मै गर्भपतनलाई कानूनी मान्यता दिइएको थियो । तर पनि रिपब्लिकनहरुले बेला बेलामा गर्भपतन सम्बन्धी प्रावधानलाई परिमार्जन गर्ने गरेका छन् ।

रिपब्लिनको सरकार रहेको टेक्सासमा ६ साताको गर्भपतन गर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकी सर्वोच्च अदालतमा विचाराधीन रहेको उक्त विषयको सुनुवाई अघि बढिरहेकाले पनि अधिकारकर्मीहरु सडकमा उत्रिएका हुन् ।

सडकमा ‘मेरो शरीरको अधिकार मलाई नै’ भन्ने थुप्रै प्लेकार्ड बोकेका युवतीहरु देखिएका छन् । एक मानिसले ‘तपाईहरुको हातमा निर्दोष शिशुहरुको रगत लत्पतिएको छ’ भनी चिच्याएको बीबीसीले लेखेको छ । 

प्रदर्शनमा उत्रिएकी एक महिलाले ‘महिलाले रोज्न पाउने अधिकारका लागि आफू आएको बताएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ