arrow

ईपीएलले नयाँ च्याम्पियन पाउँदै, फाइनलमा चितवन र पोखरा भिड्दै  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २३ शनिबार
epl-final-trophy-2021.jpg

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि छिनोफानो शनिबार हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोजबीच भिडन्त हुँदैछ । 

खेल टीयू क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेदेखि शुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । अर्थात् शनिबार ईपीएलले नयाँ च्याम्पियन पाउँदैछ । 

पहिलो पटक उपाधि उचाल्न दुवै टिम तयार रहेका छन् । ६ टोलीले सहभागीता जनाएको प्रतियोगिताबाट डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियाट्स लिग चरणबाटै बाहिरिएपछि लिगले नयाँ च्याम्पियन पाउने भएको हो । 

जारी लिगमा चितवनले पोखरालाई २ पटक हराइसकेको छ । लिग चरण र पहिलो क्वालिफायरमा चितवनले पोखरालाई समान ९ विकेटले हराएको हो । 

यो हिसाबले चितवनले ह्याट्रिक जित निकालेर उपाधि जित्ने सम्भावना छ । तर पोखराले विगत भन्दा पनि शनिबारको खेलले उपाधि छिनोफानो गर्ने बताउँछन् । 

उपाधि विजेताले ५० लाख रुपैयाँ जित्दा उपविजेताको भागमा १५ लाख रुपैयाँमात्र पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ